Comments Add Comment

दीपिकादेखि ज्याकलिनसम्म, कसरी बलिउड सेलिब्रेटी आकर्षक देखिन्छन् ?

बलिउड सेलिब्रेटीले कसरी आफुलाई फिट एन्ड फाइन राख्छन् ? उनीहरु कसरी आफ्नो शरीर सुडौल बनाउँछन् ? उनीहरुको खानपान, फिटनेस रुटिन कस्तो हुन्छ ? यावत् विषयमा जिज्ञासा हुन्छ नै ।

भनिन्छ, बलिउडका धेरै सेलिब्रेटी छन्, जो खानपान र फिटनेसमा अति सजग छन् । उनीहरु खानपानमा त यसै सर्तक हुने नै भयो । फिटनेसमा पनि लगाव राख्छन् । कतिपय अभिनेत्रीमा त फिटनेस एडिक्सन नै छ भनिन्छ ।

विपासा बासु

कुनै जमानाकी चर्चित नायिका विपासा बासु आˆनो फिटनेसलाई लिएर निकै सजग छिन् । शरीरलाई फिट राख्न उनी मेहेनत पनि धेरै नै गर्छिन्

उनको फिटनेसको राज भनेको ‘किक वक्सिन’ हो, जसलाई उनी दृढ संकल्पका साथ पालना गर्छिन् । खेलप्रतिको उनको समर्पणले नै उनलाई स्वस्थ शरीर दिएको छ ।

करिना कपूर

बलिउडमा करिनालाई ‘जिरो फिगर’की मानक हुन् । अहिले उनी एक सन्तानकी आमा भइसकेकी छिन् । यद्यपी आफ्नो ग्ल्यामर लुक्सलाई उनले कतिपनि फिका बन्न दिएकी छैनन् । उनी अझै उस्तै छिन्, जो विवाहअघि देखिन्थे ।

करिना नियमित व्यायाम गर्छिन् । खानपानमा सर्तक छिन् ।

मलइका अरोरा

४६ वर्षको उमेरमा पनि मलाइका यति धेरै फिट छिन् कि, उनलाई बलिउडमा ‘आमाहरुमध्येको सबैभन्दा फिट’ मा गनिन्छ । उनको फिटनेसको मन्त्र भनेको जीम पिलेट्स र एरोविक एक्सरसाइज हो । उनी प्रत्येक दिन आˆनो एक्सरसाइजको सुरुवात २० मिनेटको कार्डियो एक्सरसाइजबाट  गर्छिन् । पौडी र नृत्य पनि उनको एक्सरसाइजको एउटा अंश हो ।  त्यतिमात्र होइन, उनी आफूलाई फिट राख्न घरमै बनाएको खानेकुरा खान्छिन् भने उच्च क्यालोरीयुक्त खानेकुरा कम सेवन गर्छिन् । उनी कहिल्यै डाइटिङ गर्दिनन् । तर जे खान्छिन्, स्वस्थकर र नियन्त्रित मात्रामा खान्छिन् ।

शिल्पा सेट्टी

शिल्पा सेट्टी यस्ता अभिनेत्री हुन्, जो योग गुरुको रुपमा चिनारी बनाएकी छिन् । उनी योगका पोख्त छिन् । बेलाबखत सार्वजनिक रुपमै उनी योग अभ्यास गरिरहेकी हुन्छिन् ।

जीवनमा फिट रहनु नै जीवनको विभिन्न लक्षणमध्ये उनको एउटा लक्ष्य हो । जसले गर्दा गर्भावस्था पछि पनि उनी पहिलेकै अवस्था तथा फिगरमा पुग्न सफल भइन् ।

दीपिका पादुकोण

दीपिका पादुकोणको फिटनेश राज भनेकै सकि्रय जीवनशैली हो । चाहे त्यो जीम गर्दा होस् वा योगा गर्दा हो । जीम नगएको बेला उनलाई ब्याडमिन्टन खेल्न मनपर्छ । उनलाई कथ्थक नृत्य पनि मन पर्छ, जसको मद्दतले शरीरलाई नियन्त्रित गर्न सकियोस् ।

यामी गुप्ता

यामी गुप्ताको फिटनेश राज भनेकै ‘हट योगा’, जुन तातो तथा बढी आद्रता भएको ठाँउमा प्राक्टिस गरिन्छ । उनी उफ्रने, दौडने लगायत दोरीसँग सम्बन्धि एक्सरसाइज पनि नियमित गर्छिन् ।

लारा दत्ता

लारालाई जीरो फिगर खासै मन पर्दैन । उनी जीरो फिगर हुन पनि चाहँदिनन् । यद्यपी, उनी प्रत्येक दिन वर्कआउट गर्छिन् । उनी आफूलाई फिट राख्न सातामा कम्तीमा तीन दिन योगा गर्छिन् । साथमा, बडी वेट एक्सरसाइज तथा पिलेट्स गर्छिन् । उनी  एक्सरसाइज गर्नु पूर्व उनी एक कप ग्रीन टिका साथमा एउटा स्याउ वा केरा सेवन गर्छिन् ।

भारतीय म्यागेजिनलाई दिएको एक अन्तवार्तामा उनले भनेकी छिन्, ‘योगाकै कारण गर्भावस्था पछि पनि मैले प्रभावकारी रुपमा आˆनो तौल कम गर्न सफल भए’ ।

ज्याकलिन फर्नाडिस

श्रीलंकाली सुन्दरी जीमको उत्ति धेरै फ्यान हैनन् । बलिउड प्रवेश गर्नु अघिसम्म पनि उनलाई फिटनेस प्रति उत्ति धेरै लगाव थिएन । तर बलिउडको प्रवेश सँगै उनी आˆनो फिटनेश, खानपान तथा तौललाई लिएर सजग हुन थालेकी छिन् ।

उनी आफुलाई फिट राख्न जीममा नयाँ नयाँ कुरा ट्राई गर्न मन पराउँछिन् । जस अन्तर्गत उनी कपालभाती देखि पौडी, नृत्य सबै गर्छिन् । सन्तुलित आहार, पर्याप्त निद्रा र नियमित एक्सरसाइज  नै उनको फिटनेशको राज हो । तर त्यसमध्ये उनलाई सबैभन्दा मन पर्ने भनेको योगा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment