Comments Add Comment

फिटनेसः इशान खट्टरबाट केही सिक्ने कि ?

इशान खट्टर, जसलाई चिनाउका लागि फिल्म ‘धडक’को नाम जोड्नुपर्ने हुन्छ । केही महिनाअघि प्रदर्शनमा आएको यो चलचित्रमा इशानले जान्भी कपूरसँग स्त्रिmन सेयर गरेका थिए ।

इशान खासमा अभिनेता शाहिद कपूरका भाई पनि हुन् । तर, बलिउडमा उनलाई यत्ति परिचयले मात्र पुग्दैन । पछिल्लो समय हुर्किरहेका बलिउड स्टार किड्ससँग उनको घनिष्ठता लोभलाग्दो छ । साथसाथै उनी अहिले आफ्नो फिटनेशका कारण पनि चिनिएका छन् ।

इशानले ‘धडक’ अघि इरानी फिल्ममेकर माजिदीको फिल्म ‘बियोन्ड द क्लाउड्स’मा अभिनय गरेका थिए । उनले यो फिल्मको लागि करिब १२ दिनमा ८ किलो तौल घटाएका थिए । थेरै समयमा यति धेरै तौल घटाउनु चानचुने कुरा थिएन । आखिर इशानले कसरी आफ्नो तौल घटाए ? उनको फिटनेस सूत्र के हो ?

शाहिदबाट प्रेरणा

कुरा चाहे अभिनयको होस् वा नृत्युको । वा त फिटनेसको । इशानले सधै नै आफ्ना दाई शाहिद कपूरबाट प्रेरणा लिने गरेका छन् । खासमा इशान र शाहिदको आमा एकै हुन् । तर, पिता भने अलग-अलग हुन् ।

शाहिद नीलिमा अजीम र पंकज कपूरका छोरा हुन् । इशान भने नीलिमा र राजेश खट्टरका छोरा हुन् । फरक पिताका छोरा भएर पनि उनीहरुबीच निकै घनिष्ठता छ । इशानले दाजु शाहिदलाई आफ्ना पिता सरह मान्ने गरेका छन् । इशानले भन्ने गरेका छन्, ‘शाहिद मेरोलागि सधै प्रेरणादायक छन् ।’

के छ फिटनेश रुटिन ?

शाहिद कपूर जस्तै इशान खट्टर पनि फिटनेशमा असाध्यै रुची राख्छन् । उनी आफुलाई फिट एन्ड फाइन राख्नका लागि एकदम मेहनत गर्छन् । साथै अनुशासित जीवनशैली पालना गर्छन् ।

१. उनी आफ्नो शरीरलाई लचिलो र बलियो बनाउनका लागि हप्तामा ६ दिन जिम जान्छन् ।

२. हरेक दिन जिममा कम्तीमा २ घण्टा व्यायाम गर्छन् र पर्याप्त पसिना चुहाउँछन् ।

३. शुटिङको समयमा पनि ऊ आफ्नो फिटनेसमा नजरअन्दाज गर्दैनन् । सेटमा हल्काफुल्का व्यायाम गर्छन् ।

४. जिम जानका साथै इशान रनिङ, साइक्लिङ र ट्रेकिङ जस्ता शारीरिक गतिविधिमा एकदमै रुची राख्छन् ।

५. इशानलाई थाहा छ कि, मनको तनाव हटाउन र शान्तिका लागि व्यायाम एकदम आवश्यक छ ।

६. ऊ जतिसुकै व्यस्त भएपनि व्यायामका साथसाथै हरेक रात कम्तीमा ७ घण्टाको निद्रा लिन्छन् ।

७. इशानलाई लाग्छ, फिटनेसका लागि वर्कआउट जति आवश्यक छ उत्तिनै जरुरी छ निद्रा पनि ।

फिटनेसमा डान्स पनि

फिटनेसको राम्रो माध्याम हो, डान्स । इशान पनि आफ्ना दाई शाहिद जस्तै डान्समा बढी रुची राख्छन् । उनलाई डान्स गर्नु निकै रमाइलो लाग्छ । यसलाई उनी फिटनेसकै एउटा हिस्सा मान्छन् । जिममा पसिना बगाउनका साथसाथै अतिरिक्त क्यालोरी बर्न गर्नका लागि इशान नृत्य पनि गर्छन् । यसले आफुलाई फिट र सक्रिय राख्ने उनको बुझाई छ ।

संगीतसँगै व्यायाम

इशान एकदमै सहज वर्कआउट गर्छन् । यद्यपी जतिपनि वर्कआउट गर्छन्, पुरा मन लगाएर गर्छन् । आफ्नो वर्कआउटलाई रमाइलो बनाउनका लागि ऊ संगीतको सहारा लिन्छन् । संगीतको धुनमा व्यायाम गर्दा अन्यत्र मन भड्कदैन भन्ने उनलाई लाग्छ ।

इशानको डाइट

केवल व्यायामले मात्र शरीर सुगठित हुँदैन । शरीरलाई चुस्त दुरुस्त बनाइराख्नका लागि शारीरिक गतिविधिका साथसाथै स्वस्थ्य खानपान पनि आवश्यक हुन्छ । यही कारण त इशान जिममा पसिना बगाउनका साथसाथै आफ्नो दैनिक खानपानमा पनि ध्यान राख्छन् ।

१२ दिनमा ८ केजी तौल घटाएर सबैलाई अचम्मित बनाएका २२ बषिर्य इशानको डाइटमा फल र सब्जी भरपुर हुन्छ । ऊ आफ्नो नियमित खानपानमा फल, सब्जी, पानी र प्रोटिन सबैभन्दा महत्वपूर्ण मान्छन् ।

-इशानले आफ्नो फिटनेसलाई ध्यानमा राखेर जंकफूड, चिल्लो वा गुलियो खानेकुरा सेवन गर्दैनन् ।

-इशानले उसिनेको सागसब्जी सेवन गर्छन् । ताजा फलफूलको जुस पिउँछन् ।

-प्रोटिका लागि इशानले प्रोटीन शेक, अन्डा र चिकेन सेवन गर्छन् ।

-शरीरमा पानीको मात्रा पर्याप्त राख्नका लागि दिनभरमा पर्याप्त पानी पिउँछन् ।

-इशान जतिसुकै व्यस्त भएपनि ब्रेकफास्ट, लन्च र डिनर समयमा नै लिने गर्छन् ।

-उनी ब्रेकफास्ट स्किप गर्न नहुने मान्यता राख्छन् ।

-इशान नरिवल पानी पनि पर्याप्त पिउने गर्छन् ।

-इशान चुरोट र मदिराबाट धेरै टाढा छन् । उनी यसलाई आफ्नो फिटनेसको दुश्मन मान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment