Comments Add Comment

सुटिङमा पनि घरकै खानेकुरा लैजाने अनुष्का शर्माको दिनचर्या कस्तो छ ?

चम्किलो स्क्रिनमा सुकिला-मुकिला अभिनेत्रीहरु देख्दा हामीलाई लाग्छ, ‘अहो ! कति राम्री ? कति लोभलाग्दी ?’ अझ कतिपयलाई त उनीहरु जस्तै बन्ने वा देखिने मोह जाग्छ ।

हामी सोच्छौं, अभिनेत्री मेकअपले राम्री देखिएकी हुन् । उनीहरु सुन्दर देखिनुमा क्यामेराको कमाल पनि हो । हाम्रो अनुमान गलत पक्कै होइन । तर, उनीहरु मेकअपकै बलमा भने आकर्षक देखिएका होइनन् । वा क्यामेराले मात्र उनीहरुलाई राम्री देखाएको पनि होइन ।

शरीरलाई आकर्षक, अनुहारलाई चम्किलो, झरिलो, स्वास्थ्यलाई चुस्त राख्न उनीहरुले पर्दा पछाडि औधी मेहनत गरेका हुन्छन् । बलिउड अभिनेत्रीहरुकै कुरा गरौं, धेरैजसो अभिनेत्री अनुशासित जीवनशैली अपनाउने गर्छन् । उनीहरुको खानपान स्वस्थ्यवर्द्धक, सन्तुलित र सुपाच्य हुन्छ । शरीरलाई आवश्यक पौष्टिक तत्व पूर्ण हुने हिसाब गरेरै खानेकुरा छनौट गर्छन् र खान्छन् ।

त्यतीले मात्र पुग्दैन, उनीहरु शारीरिक व्यायाम गर्छन् । योग, ध्यान गर्छन् । धेरैजसो बलिउड अभिनेत्रीमा फिटनेसको त एडिक्सन नै छ । उनीहरु नियमित जिम धाउँछन्, वर्कआउट गर्छन् । योगलाई पनि आफ्नो दैनिकीको अभिन्न हिस्सा बनाउँछन् ।

सामान्य मेहनतले मात्र उनीहरु सबैको आकर्षणको केन्द्रामा रहँदैनन् । कठोर मेहनत, अनुशासित जीवनशैली, सक्रिय दैनिकी, सकारात्मक सोंच-चिन्तन, उचित खानपानले उनीहरुलाई आकर्षण बनाउँछ । त्यसबाहेक सरसफाई, उचित ढंगको पहिरन आदि त छँदैछ ।

अतः यहाँ अनुष्का शर्माले आफुलाई आकर्षक देखाउन के गर्छिन् भन्ने सामग्री पेश गरिएको छ ।

अनुष्काले केही समयअघि मात्र भारतिय क्रिकेटर विराट कोहलीसँग विवाह गरिन् । अहिले उनीहरु दाम्पत्य सुख-भोग गरिरहेका छन् । अनुष्का बलिउडकी चल्तापूर्जा अभिनेत्री हुन् ।  आखिर, अनुष्का शर्मा आफूलाई कसरी फिट र सुन्दर राख्छिन् ?

अनुष्काको फिटनेस राज

अनुष्काको दैनिकी साधारण छ । दिनमा पाँच पटक सम्म खाना खाने अनुष्का घरमा तयार पारिएको खानेकुरालाई नै प्राथमिकता दिने गर्छिन् । दिनमा तीन लिटरसम्म पानी पिउने गर्छिन् ।

यस्तो साधारण दैनिकीका बाबजुद आफुलाई फिट राख्न सक्नुमा उनी यसको क्रेडिट सही आहार, व्यायाम र मेडिटेशनलाई दिन्छिन् । यसले उनको शरीर मात्र स्वस्थ रहँदैन, अनुहार सम्बन्धि कयौ समस्या पनि हटेर जान्छ ।

अनुष्काको खानपान

अनुष्का खानामा पराठा, दाल, पुवा, सलाद, दही, हरियो सागसब्जी र पनीर खान रुचाउँछिन् ।

यसबाहेक उनी आफ्नो डाइटमा नरिवल पानी, फ्रुट जुसर, प्रोटिन शेक र एक गिलास दूध समावेश गर्छिन् । अनुष्कालाई प्रत्येक दुई घण्टाको अन्तरालमा भोक लाग्छ । र, भोक लाग्दा उनी भेज सैण्डविच र फलफूल खान रुचाउँछिन् । डाइटमा ध्यान दिने क्रममा अनुष्का दैनिक दुई देखि तीन लिटर पानीको सेवन गर्छिन् ।

पानीले उनको छालालाई नरम राख्न मद्दत गर्छ । शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । यतिमात्र होइन, अत्याधिक मात्रामा पानीको सेवनले अनुहारमा डन्डिफोर आउँदैन । शरीर पनि स्वस्थ रहन्छ ।

सुटिङमा पनि घरकै खाना

अनुष्का दिनको सुरुवात दुईवटा अण्डा र एक गिलास ताजा फलफूलको जुसबाट गर्छिन् । दिउँसो उनी नरिवल पानीको साथमा पनीर टोस्ट खान्छिन् । सेटमा जाँदा पनि उनी घरमै तयार पारेको टिफिन लैजान्छिन् ।

उनको टिफिनमा दुईटा रोटी, तरकारी , दाल समावेश हुन्छ । साँझमा उनी प्रोटिन बार र मौसमी फलफूल खान्छिन् । अनुष्का जहाँसुकै भएपनि उनी रातको खाना घरैमा खान रुचाउँछिन् । रातको खाना पनि दिनकै जस्तै हुन्छ । राती सुत्नु अघि उनी सधै एक गिलास दूध पिउँछिन् । अनुष्का जंकफुड र आयली फुड्सबाट सकेसम्म टाढा रहन्छिन् ।

योगा र जिममा रुची

अनुष्कालाई जिम जान खासै रुची लाग्दैन । तर पनि फिट रहनका लागि उनी सातामा चार पटक जिम जाने गर्छिन् । शरीरलाई लचिलो बनाउन र दिमागलाई शान्त राख्न उनी नियमित योगा गर्छिन् । यसबाहेक, अनुष्का आधा घण्टा डान्स गर्नुका साथै विहान नियमित रुपमा मेडिटेशन गर्छिन् । उनको मान्यता छ , डान्सले मुटुलाई फिट राख्छ, त्यसैले नियमित रुपमा डान्स गर्नुपर्छ । यसबाहेक, उनी वर्कआउटमा वेट तथा स्ट्रेन्थ ट्रेनिङ, जगिङ, वाक तथा कार्डियो एक्सरसाइज गर्छिन् ।

अनुष्का भन्छिन्, शरीरलाई स्वस्थ राख्न पर्याप्त मात्रामा आराम गर्नु पनि महत्वपूर्ण व्यायाम हो । त्यसैले, व्यायाम गर्नुस् । र, शरीरबाट विषाक्त हटाउन प्रशस्त मात्रामा पानीको सेवन गर्नुस् । सकेसम्म घरैमा बनेको स्वथ्यबर्द्धक खानेकुरा खाने प्रयास गरौं ।

अनुष्काको सुन्दरताको राज

अनुष्का छालालाई मोस्चराईज राख्न तथा सुन्दर बनाउन कोकोआ बटर लोशनको प्रयोग गर्छिन् । सुत्नु अघि जहिलेपनि मेकअप रिमुभल क्रिमले मेकअप गर्नुका साथै अनुहार स्क्रब गर्न भुल्दिनन् ।

घरबाट बाहिर निस्कदा सुर्यको हानीकारक विकिरणबाट अनुहारलाई बचाउन उनी केमिकल्सयुक्त फेस मास्कको सट्टा प्राकृतिक तरीकाले नै तयार पारेको फेस मास्क प्रयोग गर्न रुचाउँछिन् । यसको लागि उनी निमको फेस मास्क वा दूध, मह, मेजा वा केरा जस्ता घरेलु चीजबाट तयार पारिएको होममेड फेस प्याक लगाउन मन पराउँछिन् ।

एक अन्तवार्तामा अनुष्काले भनेकी थिइन्, चाहे जेसुकै होस्, उनी कपाललाई प्राकृतिक रुपमै सुकाउँछिन् । कपाल सुकाउन उनी कहिल्यैपनि ड्रायरको प्रयोग गर्दिनन् । किनकी ड्रायरको प्रयोगले कपाल खराब हुनसक्छ । त्यसबाहेक, पनि कपाललाई अझ राम्रो बनाउन उनी सातामा दुईपटक कपालमा तेल लगाएर मसाज गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment