Comments Add Comment

चलचित्र पत्रकार संघले गर्‍यो रक्तदान कार्यक्रम


चलचित्र पत्रकार संघ, नेपालले काठमाण्डौमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । चलचित्र पत्रकार संघ स्थापना भएपछि पहिलो पटक आयोजना भएको रक्तदान कार्यक्रममा चलचित्र पत्रकार, चलचित्रकर्मीदेखि विभिन्न क्षेत्रका मानिसहरुको सहभागीता रहेको थियो ।

विशेषगरि, देशका विभिन्न स्थानमा बाढी पहिरो गएर धेरै मानिसहरु घाइते भएको अवस्थामा रगतको कमी हुन सक्ने भन्दै रक्तदान कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।

संघले गरेको रक्तदान कार्यक्रममा धेरै पत्रकारले पहिलो पटक रक्तदान गरे । उनीहरुले, अबदेखि नियमित रुपमा रक्तदान गर्ने भन्दै सबैलाइ यो पुण्य काममा सहभागी हुन आग्रह समेत गरेका छन् ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले भने-‘चलचित्र पत्रकारहरुको हक हितका साथै सामाजिक कार्यमा पनि हामी हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौ । सोही, कार्यक्रम अनुसार हामीले रक्तदानको आयोजना गरेका हौ ।’ संघले सामाजिक काममा निरन्तर सहकार्य गर्ने बताएको छ । रक्तदान कार्यक्रममा, संघको सामाजिक कार्यमा हातेमालो गर्दै टीभी फिल्मीकी अध्यक्ष निकिता पौडेलले नगद १० हजार पनि सहयोग गरेकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment