+
+

पहिरोले अवरुद्ध मेची राजमार्ग खुल्यो

ताप्लेजुङमा यो वर्षकै सबैभन्दा धेरै वर्षा

रविन भट्टराई रविन भट्टराई
२०७४ भदौ १५ गते ११:२२

१५ भदौ, ताप्लेजुङ । गएरातिदेखि अबरुद्ध मेची राजमार्गको ताप्लेजुङ-पाँचथर सडक खण्ड पहिरो पन्छाएपछि आज बिहानबाट सञ्चालनमा आएको छ ।

विहान वर्षा रोकिनासाथ सडक मर्मत र सफाई गर्न सुरु गरीएसँगै विहान १० बजेबाट सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।

गत वर्षको भदौ १७ गते राति फुङलिङ नगरपालिका ८ मा पर्ने दोखुस्थित धुसेनी भीरदेखि बहानन्देसम्म बिभिन्न स्थानमा झरेको पहिरोबाट आएको भलबाढीले सडक पुरेको र बगाएको कारण विहानैदेखि यातायात अबरुद्ध थियो ।

सडक सञ्चालनमा आएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापा हुँदै विभिन्न स्थानमा जाने यात्रुवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

२४ घण्टामा ताप्लेजुङमा वर्षकै सबै भन्दा बढी ८६.७ मिलिमिटर वर्षा भएको थियो । वर्षाका कारण मेची राजमार्ग अबरुद्ध भएको थियो भने जिल्लाका ग्रामिण क्षेत्रका सडक पनि हिलाम्मे हुँदा सवारी सञ्चालनमा कठिनाई भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?