+
+

नेपाल अाइडलका टप थ्री अष्ट्रेलियामा गुञ्जिदै

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १९ गते १०:४३

५ अक्टोबर, सिड्नी । सिड्नी र  अष्ट्रेलियाका अन्य केही  सहरहरूमा पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टरार्इ र सेकेण्ड रनरअप प्रताप दाससहितको प्रस्तुती हुने भएको छ ।

नेपाली टच अस्ट्रेलियाले नेपाल आइडलका टप थ्रीलाई लिएर अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो ।

सिड्नीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुँदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन् । संभवत यो नै ओलम्पिक पार्कमा पहिलो नेपाली कार्यक्रम हो। एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तुती रहने सिड्नीको मुख्य कार्यक्रम डीसेम्बर १ मा  हुने छ।

नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ।

जुन कार्यक्रम सिडनी संगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?