Comments Add Comment

एनसेल र आईफ्लीक्सबीच सहकार्य, ग्राहकलाई असीमित डेटा र आईफ्लीक्समा पहुँच

२५ असोज, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले यहि बुधबार विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा आइफिल्क्ससँग सहकार्य गरेको घोषणा गरेको छ । यो सहकार्य अन्तर्गत, एनसेलका ग्राहकले बिहीबादेखि तीन महिना सम्म आईफ्लीक्सको विश्वस्तरीय सेवामा असिमित पहुँचको मजा लिन सक्नेछन् ।

तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईˆलिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेका दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लीक्सको निःशुल्क मजा लिन सक्नेछन् ।

”आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न आईफ्लीक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हषिर्त छौ । देशको विभिन्न १९ सहरमा फोरजी सेवा विस्तार पश्चात गरिएको यो सहकार्य डिजिटल नेपाल निर्माणको कार्यमा योगदान पुर्याउन एनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,” एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने ।

एनसेलले आईˆलिक्स अफर ल्याइएको अवसरमा कर सहित मात्र रु ५० मा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ । यो प्याक अन्र्तगत ग्राहकले आईˆलिक्समा रहेका कन्टेन्टहरु मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म मजा लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि लिन सक्नेछन् ।

विश्वका विभिन्न २२० भन्दा बढि स्टुडियो तथा डिस्टि्रब्युटरसँगको साझेदारीमा आईˆलिक्सले ग्राहकमाझ उनीहरुले रुचाएकाप्रसिद्ध, समीक्षकले सह्राएका अन्तर्राष्ट्रिय तथा स्थानीय टीभी सिरियल तथा सिनेमाको बृहद संगालो उपलब्ध गराउने छ । जस्तै हलिउडबाट टिनवुल्फ, भाइकिङ् उपलब्ध हुनेछन् र बलिउडका सिनेमा जस्तै पिकु, क्रिस थ्री र हिरोपन्थि जस्ता सामग्रीहरु रहनेछन् ।

नेपालमा आईफ्लीक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् ।

“आईˆलिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्टि्रम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हषिर्त छौं, ” आईˆलिक्सका लागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् ।

ग्राहकले गुगल प्ले वा आइओएस एप्पल स्टोरमा गई सजिलै आईˆलिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोड गर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईˆलिक्स पहुँचको मजा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।

आईफ्लीक्स के हो ?

विश्वको विकासशील बजारमा आईफ्लीक्स एउटा अग्रणी मनोरञ्जन सेवा प्रदायक हो  । जसले प्रयोगकर्तालाई हजारौं टीभी शो, सिनेमा तथा अन्य धेरै सेवाको असीम पहुँच (अनलिमिटेड एक्सेस) प्रदान गर्दछ ।

सबैको प्रिय कमेडी, ड्रामा, के-ड्रामा, टर्किस ड्रामा, बलिउड, नलिउड, कार्टुन्स, सिनेमा, लाईभ खेलकूद, तथा हलिउड देखि संयुक्त अधिराज्य, एशिया, मध्यपूर्व र अफ्रिकाका लोकप्रिय कार्यक्रम डाउनलोड वा स्टि्रम गर्ने सुविधा हरेक व्यक्तिको आफ्नो औलामा पुर्‍याउने काम आईफ्लीक्सले गर्दछ । महिनाको एकपल्ट कम मासिक शुल्कमा ग्राहकले आफूलाई मनपर्ने कार्यक्रम ल्यापटप, ट्याब्लेट, टीभी आदीमा जहाँपनि र जहिलेपनि हेर्न पाउँछन् ।

हाल आईˆलिक्सका सेवा मलेसिया, इण्डोनेशिया, फिलिपिन्स, थाईल्याण्ड, ब्रुनई, श्रीलंका, पाकिस्तान, म्यानमार, भियतनाम, मालदिभ्स, कुवेत, बहराईन, साउदी अरेबिया, जोर्डन, इराक, लेबनन, इजिप्ट, सुडान, कम्बोडिया, नाईजेरिया, घाना तथा नेपालमा उपलब्ध छन् ।

एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । हामी स्थानीय अनुभूतिसहित अन्तर्राष्ट्रिय गुणस्तरको सेवा उपलब्ध गराउँछौं । हाम्रा अधिकांश कर्मचारीहरू नेपाली नै छन् र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् ।

हामी नेपालका सबै जनतालाई आफ्नो नेटवर्क मार्फत उच्च गुणस्तरीय, आधुनिक र सुलभ सेवाको पहूँचमा ल्याउन र आˆना ग्राहक तथा साझेदारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न निरन्तर लागिरहेका छौं ।

एनसेल आजीयाटा ग्रुप बर्हादसँग आबद्ध रहेको कम्पनी हो । आजीयाटाको साथमा, एनसेलले आˆनो उच्चस्तरीय सेवाको सञ्जाल फैलाउँदै र अति विकट ठाँउका जनताहरुलाई समेत सञ्चार सेवाको पहुँच भित्र ल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पुर्‍याउन प्रतिबद्घ छ ।

हाल कम्पनीले १ करोड ५७ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment