Comments Add Comment

निर्वाचन आयोगले भन्यो-चुनाव सर्दैन

राष्ट्रभाषामा मतदाता शिक्षा दिइने

१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नसर्ने स्पष्ट पारेको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोगले तोकिएकै मितिमा चुनाव हुने बताएको हो ।
पत्रकार सम्मेलनमा मुख्य निर्वाचन आयुक्त यादवलेे यसअघि व्यवस्थापन गरिएका मतपेटिकाबाट नै निर्वाचन गराउने तयारी गरेको बताए ।चुनावको तयारकिा बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मुख्य निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चुनाव उत्सापूर्वक रुपमा सम्पन्न हुने निश्चित भएको भन्दै चुनावको मिति सर्नेमा शंका नगर्न आग्रह गरे ।

साथै आयोगले निर्वाचन सामग्रीको व्यवस्थापन प्रक्रियालाई अगाडि बढाइसकेको बताए ।

प्रदेश र प्रतिनिधिसभाका लागि एउटै मतपत्र

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने सात प्रकारका मतपत्रको छपाइ सुरु भइसकेको भन्दै मुख्य निर्वाचन आयुक्त यादवले कात्तिक ७ गतेसम्म सबै मतपत्र छापिसकिने बताए ।

समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाई गर्नुपर्नेमा हालसम्म ९० लाखभन्दा बढी मतपत्र छपाई भइसकेको आयोगले जानकारी दिएको छ ।

यसैबीच आयोगको निर्णय अनुसार एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र हुने छ ।

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिने छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङ्गको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।

राष्ट्रभाषामा मतदाता शिक्षा दिइने

यसपटक बदर मतलाई कम गर्ने गरी निर्वाचन शिक्षा कार्याक्रमलाई पनि प्रभावकारी बनाउने आयोगले तयारी गरेको छ ।

सबै प्रकारका मातृभाषामा मतदाता शिक्षा सामग्रहरु तयारी गरी सबै मतदातामा शिक्षा दिइने तयारी आयोगले गरेको हो ।

यस्तै आयोगले निर्वाचनका लागि आठ प्रकारका तालिम सञ्चालन सुरु गरिसकेको जनाएको छ । जस अनुसार निर्वाचन र सञ्चार, मतदाता शिक्षा, निर्वाचन सामग्री तथा लेखा व्यवस्थापन, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, निर्वाचन र प्रविधि व्यवस्थापन, निर्वाचन र सुरक्षा व्यवस्थापन, मतदान र मतगणना तथा राजनीतिक दलसँग सम्बद्ध युवाहरुका लागि प्रशिक्षण दिइने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment