Comments Add Comment

चुनावी रौनकः कतै बाजागाजा, कतै बागी !

निर्वाचन आयोगले भन्यो- मनोनयन दर्ता उत्साहजनक र शान्तिपूर्ण

५ कात्तिक, काठमाडौं । संविधान कार्यान्वयनको महत्वपूर्ण श्रृंखलाका रुपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको औपचारिक प्रक्रिया आइतबारबाट सुरु भएको छ ।

मंसिर १० मा हुने पहिलो चरणको चुनावका लागि आइतबार ३२ जिल्लामा मनोनयन दर्ता सम्पन्न भएको छ ।

आइतबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ताको सूचना आउने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मनोनयन दर्ता शान्तिपूर्ण एवं उत्साहजनक रुपमा भएको छ ।

[sam_list] साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिए पनि साँझसम्मै दलका नेता कार्यकर्ताहरु लाइनमा बसेको ढकालले अनलाइनखबरलाई बताए ।

विभिन्न जिल्लामा कति दलका के कति उम्मेदवारले उम्मेदवारी दर्ता गरे भन्ने पूर्ण विवरण आउने क्रममै रहेको आयोगको भनाइ छ ।

तर, यसपालिको चुनावमा विगतमा भन्दा कमै दलहरुको सहभागिता देखिएको छ । मुख्य गरी वाम गठबन्धन र कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु हावी भएका छन् ।

विवेकशील साझा पार्टी, नयाँशक्ति पार्टी, लिम्बुवान मञ्च, जनमुक्ति पार्टी, राप्रपा, राप्रपा प्रजातान्त्रिक, राप्रपा राष्ट्रवादी, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चा जस्ता पार्टीहरुले पनि उम्मेदवारी दर्ता गरेका छन् । केही स्वतन्त्र उम्मेदवारहरु पनि खडा भएका छन् ।

उम्मेवारी दर्ता गर्न दलका नेता कार्यकर्ताहरु बाजागाजा र जुलुससहित जिल्ला सदरमुकामस्थित निर्वाचन कार्यालयमा पुगेका थिए । आयोगले दलहरुहरुका लागि बेग्लाबेग्लै समय निर्धारण गरेर मनोनयनपत्र बुझेको थियो ।

पहिलो चरण अन्तरगत प्रतिनिधिसभा तर्फका ३७ सीटमध्ये एमालेले २१ र माओवादीले १६ स्थानमा तालमेल गरेर उम्मदेवार उठाएका छन् । त्यसैगरी कांग्रेसले ३५ स्थानमा उम्मेदवार उठाएको छ भने दुई स्थानमा डा. बाबुराम भट्टराई र पशुपति समशेरसँग तालमेल गरेको छ ।

प्रदेशसभाका ७४ सिटमध्ये कांग्रेसले ६९ सिटमा उम्मेवारी दिएको छ भने ५ स्थान साना पार्टीलाई दिएको छ । एमाले र माओवादीले प्रदेशसभामा ३९/३३ सीटमा भागवण्डा गरेका छन् । २ वटा सिट राष्ट्रिय जनमोर्चाले पाएको छ ।

बागीको बिगविगी

चुनावी तालमेल गरेका वाम दलहरुवीच कतिपय जिल्लामा समझदारी हुन नसक्दा धेरै ठाउँमा बागी उम्मेदवारी दर्ता भएका छन् ।  दोलखा, जाजरकोट, मुगु, रूकुम, रामेछाप लगायतका जिल्लामा वाम गठबन्धनमाथि प्रश्न उठ्ने गरी बागी उम्मेदवारी दर्ता भएका छन् ।

त्यस्तै ओखलढुंगालगायत केही जिल्लामा कांग्रेसमा पनि बागी उम्मेदवारी दर्ता भएको छ ।

मनोनयन दर्ता गरेका प्रमुख दलका उम्मेदवारहरुको सूची यस्तो छः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment