+
+

धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १० गते ९:१८

१० कात्तिक, काठमाडौं । धादिङको धुनीबेसी नगरपालिका–९ स्थित खानीखोलामा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ गइरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेकाे बा८२प ७७९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा ज्यान गुमाएकाकाे सनाखत हुन नसकेको खानीखोला प्रहरीले जनाएको छ ।

बिहान ८ः३० बजे भएको दुर्घटनाको कारण नखुलेको र यसबारे थप अुसन्धान भइरहेको खानीखोला प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?