+
+

लुम्बिनीको माटो र वुद्धको मूर्ति मेलबर्नमा सजाएर राखिने

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते ११:४९

३० अक्टोबर, मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा लुम्बिनिको माटो र बुद्धको मूर्ति सजाएर राखिने भएको छ ।

मेलबर्नमा स्थापना गर्न लागिएको पशुपतिनाथ मन्दिर र बौद्ध स्तुपासहिको वहुसाँस्कृतिक केन्द्रमा सजाएर राखिने भएको हो ।

लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका तर्फबाट लुम्बिनीको माटो प्रदान गरिने प्रतिबद्धता अनुरुप प्रो.डा. कविताराम श्रेष्ठले लुम्बिनीको माटो वेलायत लिइसकेका छन् ।

अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ अभियानको कामको सिलसिलामा युरोप भ्रमणमा रहेको हुँदा वेलायत निवासी कृष्ण दर्लामीले गोलाकार बृत्तभित्र वुद्धका दुई पाइतालाको आकार दिएर बनाएको सामग्री वेलायतबाट ल्यार्इ केन्द्रका अध्यक्ष डा. चन्द्र पोखरेल र संस्थापक अध्यक्ष रन्जन बैद्यलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।

वुद्ध जन्मस्थल नेपालको लुम्बिनीको उक्त पवित्र माटोबाट बनाइएको सो सामग्री मेलबर्नमा निर्माण गरिने सो केन्द्रको बिशेष शोकेसमा वुद्ध नेपालको लुम्बिनीमा जन्मिएको जानकारीसहित सजाएर राख्ने ब्यबस्था गरिनेछ ।

विश्व संयोजक श्रेष्ठले अभियानले सामुदायिक केन्द्रलाई प्रदान गर्ने निर्णय गरिएको सुनको जलप सहितको तीन फिट अग्लो करीब ५२ केजी तौलको बुद्धको मूर्ति नेपालबाट यथाशीघ्र अस्ट्रेलिया ल्याउन पनि आग्रह गरे ।

लुम्बिनीको माटो हस्तान्तरण गर्दै गर्दाको भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?