+
+

राजपा-फोरमलाई कांग्रेसको प्रस्तावः वाम गठबन्धन बलियो क्षेत्रमा मात्र तालमेल गरौं

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते २१:१९


१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले राजपा-संघीय फोरमसामू वाम गठबन्धन बलियो भएका ठाउँहरुमा मात्र चुनाव तालमेल गर्ने प्रस्ताव गरेको छ । यससँगै सबै ठाउँमा साझा उम्मेदवार बनाउने सम्भावना लगभग टरेको छ ।

नेताहरुका अनुसार सबै सिटमा तालमेल गर्ने, वाम गठबन्धन बलियो भएका सिटहरुमा मात्र साझा उम्मेदवार उठाउने वा दुबैले एकअर्काका शीर्ष नेताहरुलाई चुनाव जित्न सघाउने तीन विकल्पबारे सकारात्मक छलफल भइरहेको छ ।

यसबारे भोलि मंगलबार मध्याहृनसम्म निर्णय हुने कांग्रेस चुनाव प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताए ।

स्रोतका अनुसार कांग्रेस वा राजपा-फोरम जित्ने ठाउँमा प्रतिस्पर्धा गर्ने छन् भने वाम गठबन्धन बलियो भएका सिटहरुमा मात्र तीन दलको चुनाव तालमेल हुनेछ ।

‘हामीले भनेका छौं, तपाईर् र हाम्रो प्रतिस्पर्धा हुने ठाउँमा जसले जिते पनि लोकतान्त्रिक गठबन्धनका लागि सिट आयो । समानुपातिकका लागि भोट संकलन गर्न पनि धेरै भन्दा धेरै उम्मेदवार दिनुपर्छ’ नेता खाँडले भने, ‘जहाँ विपक्षी गठबन्धन बलियो छ, उसलाई पराजित गर्न ती सिटहरुमा संयुक्त उम्मेदवार दिनु पर्ला ।’

राजपा नेता रामनरेश रायले वाम गठबन्धन बलियो भएको ठाउँमा मात्र तालमेल हुने स्वीकार गर्दै भने, ‘सबै सिटमा तालेमल हुँदैन । आवश्यकता अनुसार हुन्छ ।’

कांग्रेस, राजपा र फोरम एकअर्काका शीर्ष नेताहरुलाई सघाउने पनि सकारात्मक छन् । कांग्रेसले सुनसरी १ मा संघीय फोरमका वरिष्ठ नेता अशोक राईलाई समर्थन गर्न नेता मीन विश्वकर्मालाई समानुपातिकमा राखेको छ ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुको चुनाव क्षेत्र अझै तय भइसकेको छैन ।

तर, संयोजक महन्थ ठाकुर महोत्तरी ३ र बाट चुनाव लड्ने तयारीमा छन् भने राजेन्द्र महतो सर्लाही ४, महेन्द्र राय यादव सर्लाही २, शरतसिंह भण्डारी महोत्तरी २, अनिल झा रौतहट १ र राजकिशोर यादव सिरहा ४ बाट चुनाव लड्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?