+
+

कांग्रेसलाई समर्थन गर्दै राप्रपाले फिर्ता लियो १४५ स्थानको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २१ गते १६:२८
फाइल फोटो

२१ कात्तिक, काठमाडौं । राप्रपाले कांग्रेसलाई समर्थन गर्दै प्रदेशसभाका १४५ स्थानको उम्मेदवारी फिर्ता लिएको छ ।

काठमाडौं, सल्यान र भक्तपुरमा भने प्रदेशसभाको उम्मेदवारी कायमै राख्ने राप्रपाको निर्णय छ । प्रदेशसभातर्फ काठमाडौंमा २०, भक्तपुरमा ४ र सल्यानमा २ सिट छ ।

कांग्रेसले प्रतिनिधिसभातर्फ काठमाडौं ७, मकवानपुर १, बाँके २ र दैलेख १ मा राप्रपालाई समर्थन गरेको छ । झापा ३ मा भने एमाले माओवादीको वामपन्थी गठबन्धनको समर्थन लिएर राप्रपा नेता राजेन्द्र लिङ्देन कांग्रेस नेता कृष्ण सिटौलासँग भिडेका छन् ।

राप्रपाको बैठकले बिराटनगर, वीरगञ्ज, धनगढी र पोखरामा बृहत आमसभा गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?