+
+

देशुको गीतमा शिल्पालाई छाडेर रक्षासँग गौरव

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १० गते १५:२७

बेलायतमा बसेर नेपाली गीतसंगीतमा सक्रिय रहेकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत बजारमा ल्याएकी छन् । ‘यो दिलको राजा’ बोलको गीत म्यूजिक भिडियो ल्याएकी हुन् ।

देशुकै शब्द रहेको गीतमा नेपाली ताराका विजेता गायक प्रताप लामाको संगीत छ । लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।

लभ फ्लेभरमा रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय शिल्पा पोखरेल र रक्षा श्रेष्ठसँग अभिनेता गौरव पहारीको अभिनय छ । भिडियोमा त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।

ज्ञानेन्द्र शमाले खिचेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका हुन् । गीतको भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन्।

देशुले यसअघि ल्याएको ‘सायद मलाई’बोलको गीतलाई दर्शकले निकै रुचाएका थिए ।

‘यो गीतलाई पनि रुचाइदिनुुहुन्छ भन्ने विश्वास छ,’ हाल काठमाडौंमा रहेकी उनले भनिन्, ‘म जहाँ रहेपनि मेरो मन सधैँ नेपाली नै हो त्यसैले नेपाली संगीतप्रति मेरो मोह कहिल्यै घट्नेछैन्, झन्झन् बढ्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?