+
+

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रासस रासस
२०७४ मंसिर २० गते ८:०३

२० मंसिर, चितवन । चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा मंगलबार भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । दुर्घटनाका ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?