+
+

सुदूरपश्चिम महोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २९ गते १६:१८

२९ मंसिर, कैलाली । ‘दिगो शान्तिका लागि आर्थिक सम्बृद्धि’ भन्ने मुल नाराका साथ शुक्रबारबाट सुदूरपश्चिम महोत्सव-२०७४ सुरु भएको छ ।

महोत्सवको कैलाली-५ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य नारदमुनी राना उद्घाटन गरेका हुन ।

महोत्सवको उद्घाटन पछि बोल्दै प्रतिनिधिसभा सदस्य रानाले सुदूरपश्चिम महोत्सवले कैलाली जिल्लाको मात्र नभएर समग्र प्रदेश ७ को आर्थिक विकासमा अहम भुमिका खेलेको बताए ।

रानाले समग्र सुदूरपश्चिमको विकासका लाथि आर्थिक गतिविधि बढाउन आवश्यक रहेको बताउँदै भारतसँग सीमा जोडिएको गौरीफंटा नाकालाई सात नम्बर प्रदेशको प्रमुख नाकाको रुपमा विकास गरिने बताए ।

नेपालको दोस्रो लामो धावन मार्ग रहको धनगढी विमान स्थलमा हुस्सु लागेको बेला प्लेन अवतरण गर्ने उपकरण नभएका कारण जाडोमा हज्जारौ यात्रुहरुले समस्या भोग्नु परेको जानकारीमा आएको बताउँदै उपकरण जडानका लागि समेत आफूले पहल गर्ने बताए ।

संघले पहिलो महोत्सव आयोजना गर्दादेखि नै आफ्ना २१ ओटा मागहरु राखेर सांकेतिक रुपमा महोत्सव उद्घाटन गर्न आउने प्रमुख अतिथिहरुलाई २१ किलोको माला लगाउने गरेकोमा आफ्ना केही मागहरु पूरा गरेको भन्दै यो पटक १६ किलोको माला लगाइएको थियो ।

प्रमुख अतिथि रानाले संघले माग गरेका १६ ओटा बुदाहरुलाई क्रमशः प्राथमिकतामा राखेर पूरा गर्ने प्रतिशद्धता जनाएकाछन् ।

संघका अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा सुुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन सत्रमा सुदूरपश्चिमका विभिन्न कला संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिएका थिए ।

हरेक वर्ष मंसिर २२ देखि पौष २ गतेसम्म हुदै आएको महोत्सव यसपटक देशमा भएको प्रदेश सभा र प्रतिनिधि सभाका कारण केही ढिलो मंसिर २९ देखि पौष १० गतेसम्म आयोजना संचालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?