+
+

लट्री परेको भन्दै ठगी गर्ने गिरोह पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष ४ गते १८:५७

४ पुस, वीरगञ्ज । पर्सा प्रहरीले दोस्रो पटक लट्री परेको भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मुख्य योजनाकार भारत, बिहार, कटिहार जिल्ला ग्राम कुजिवाना पंचायत जाजा, थाना कदवा वडा नं १३ र घर भई हाल दिल्लीमा बस्ने २६ वर्षीय चिन्कु भन्ने साकिर रेजा, सोही ठाउँकै २१ वर्षे मुकेश कुमार राय र बाराको महागढीमाई नगरपालिका वडा नं.१ बस्ने ३४ वर्षीय फिरोज राय भाट (रिक्सा चालक नागरिकता र मतदाता परिचय पत्र दिने व्यक्ति) रहेका छन् ।

वीरगंज महानगरपालिका वडा नं ८ घण्टाघर नजिक रहेको पान गल्लीस्थित माँ दुर्गा मनि ट्रान्सफरबाट १ जना तथा अन्य २ जनालाई नारायणी गेष्ट हाउसबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध ठगी तथा संगठित अपराध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
मंगलबार बिहान पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद दुई लाख चालिस हजार नेपाली र ५ हजार ४ सय रुपियाँ भारतीय समेत बरामद गरेको छ ।

उनीहरुले सुरुमा विभिन्न व्यक्तिहरुलाई तपाईले चलाएको भाईबर, फेसबुक ट्वीटर लगायत सामाजिक सञ्जाल मार्फत पच्चिस लाखको लट्री जित्नु भएको छ भनी फोन तथा म्यासेज गर्ने त्यसपछि लट्री बापतको कर नेपाल सरकारलाई तिरेपछि मात्रै लट्रीको रकम तपाईको खातामा जम्मान हुने भन्दै पहिल्यै रकम मागेर ठग्ने गरेको दावी प्रहरीले गरेको छ ।

उनीहरुले प्रभावमा परेका व्यक्तिहरुसँग मनी ट्रान्सफर र बैंक मार्फत पैसा पठाउन लगाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट, फिरोज राय भाट नामको मतदाता परिचय पत्रको फोटोकपी ९० थान, फिरोज राय भाट नामको नागरिकताको फोटोकपी १०७ थान, सिटी एक्सप्रेस मनी ट्रान्सफरको सक्कल खाली भौचर २४ थान, प्रभु मनि ट्रान्सफरको सक्कल खाली भौचर १४९ थान, हिमाल रेमिटको सक्कल खाली भौचर ४२ थान, ईन्डियन बैंकको एटिएम १ थान, हिसाब किताब भएको कपी २ थान, सकिर रेजाको फोटो ४६ थान, एनसेल र ईन्डियन सिम एक एक थान, इन्डियन सिम सहितको आईफोन र सामसुङ मोबाईल १/१ थान, लगायतका फोन सेटहरु, स्टेट बैंक इन्डियाको (साकिर र असिफ अलिकोनामको) एटिएम २ थान, सादा सीडी.चक्का २ थान, साकिर रेजाको नामको भारतीय लाईसेन्स १ थान, १७) डाटा केवल १ थान , सत्याग्रह ट्रेनको टिकट १ थान, नारायणी गेष्ट हाउस वीरगञ्जको रुम नं.१३ को बिल १ थान, सक्कल आईएमी भौचर ४ थान, फिरोज राय भाटको सक्कल मतदाता परिचय पत्र १ थान, बिभिन्न मितिमा निकालेको रकमका आईएमी फोटोकपी भौचर २२ थान समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यसअघि पनि पर्सा प्रहरीले लट्री परेको भन्दै ठगी गर्ने गिरोहका ६ जना सदस्यलाई पक्राउ गरेको थियो ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?