+
+

बिर्तामाेडमा सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउन सुरू

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते १७:३९

७ पुस, झापा । झापाको बिर्तामोडमा सडक अतिक्रमण गरेर बनाइएका घर–टहरा शुक्रबारबाट हटाउन शुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय, बिर्तामोड नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयले फराकिलो सडक बनाउन अतिक्रमण गरेर बनाइएका घर–टहरा हटाउने अभियान सुरू गरेकाे हाे ।

सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना एस्काभेटर प्रयोग गरेर भत्काउने काम भइरहेकाे छ ।

बिर्तामोडको मुक्ति चोकलाई केन्द्र मानेर चारैतिर अतिक्रमण गरेर बनाइएका संरचनाहरु भत्काउन सुरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक याम खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?