+
+

मध्यपश्चिम र सुदुरपश्चिम भ्रमण तयारीमा पूर्वराजा ज्ञानेन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते १९:४२

७ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता सुदुर पश्चिम र मध्यपश्चिमको भ्रमणमा निस्कने भएका छन् । साथमा पूर्वरानी कोमल शाहसमेत हुनेछिन् ।

पूर्वराजा दम्पती केही दिनको निजी भ्रमणको सिलसिलामा मध्यपश्चिम र सुदुरपश्चिम जाने ज्ञानेन्द्रको निजी सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनीहरु कुन-कुन जिल्लामा जानेछन् भन्ने सचिवालयले खुलाएको छैन । निजी भ्रमण भनिए पनि कुन प्रयोजनका लागि निजी भ्रमण हो भन्ने पनि खुलाइएको छैन ।

उनीहरु केही दिन काठमाडौं बाहिर रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?