+
+

कपुर खानदानको स्टारडम सामुन्ने यी तैमूर हिट भएपछि

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ११ गते १४:२०

बलिउड स्टार किड्स, जसले गर्भदेखि चर्चा पाउँछ । मिडिया कभरेज पाउँछ । यसमा अहिले बलिउडकै संभवत कान्छो बच्चा तैमूरको जो चर्चा छ । गर्भमा रहेदेखि नै उनलाई मिडियाले पच्छ्यारह्यो । कहिले उनले बुवाआमाको विदामा रमाइलो गरेको, कहिले बर्थ डे मनाएको त कहिले क्रिसमसमा मामाघर पुगेको ।

यसपाली क्रिसमस मनाउन उनी मामाघर अर्थात कपुर खानदानमा मिसिन पुगे ।

अक्सर क्रिसमसमा कपुर परिवारमा विशेष भोजको आयोजना गरिदै आएको छ । यसपाली त्यही मेलोमेसो मिलाएर सैफ अली खान र करिना कपुर छोरोलाई लिएर उक्त माहौलमा मिसिन पुगे । त्यहाँ करिश्मा कपुर, रणवीर कपुर, ऋषि कपुर, नीतू कपुर, कृष्णराज कपुर लगायत उपस्थित थिए । तर, सबैको ध्यान तैमूरले तान्यो ।

पुरै परिवारले तैमूरसँग क्वालिटी टाइम बिताए । पहिलो पटक उनी आफ्ना मामा रणबीर कपुरसँग देखिए । रणबीरले उनलाई काखमा लिएर खेलाइरहेका थिए । भनियो, कपूर खानदानको तीन पिंढीको स्टारडम पनि उनको अगाडि फेल खायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?