+
+

आइफोन स्लो भएकोमा एप्पलले माग्यो माफी

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १४ गते १०:४२

काठमाडौं । पुराना मोडेलका केही आइफोन स्लो भएकोमा एप्पलले माफी मागेको छ ।

पुराना मोडलका आइफोन प्रयोगकर्ताले पछिल्ला दिनहरुमा फोन सुस्त बनेको गुनासो गरिरहेका छन् । कतिपयले त नयाँ आइफोन खरिदका लागि बाध्य पार्न पुराना मोडललाई स्लो बनाइएको हुनसक्ने आशंका समेत गरेका थिए ।

तर, एप्पलले भनेको छ कि ब्याट्रीको मूल्य कम गरिनेछ । साथै २०१८ मा सफ्टवेयर ल्याइने छ, जसले आइफोनको ब्याट्रीको अवस्था जाँच गर्न सघाउने छ ।

एप्पलले केही फोन स्लो गरिएको स्वीकार गरेको छ । तर, यो ब्याट्री टिकाइराख्न भएको बताएको छ । उसले आइफोन ६ वा त्यसपछिका संस्करणको आइफोनको ब्याट्री रिप्लेसको मूल्य ७९ डलरबाट २९ डलरमा झारेको छ ।

पुराना मोडलका आइफोनहरु स्लो भएपछि एप्पलविरुद्ध अमेरिकामा मात्र ८ वटा मुद्दा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?