+
+

वीरगञ्जको आन्दोलनमा फोरम नेताहरु पनि सहभागी

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष २५ गते १३:५०

२५ पुस, वीरगञ्ज । प्रदेश २ को राजधानी वीरगञ्जलाई बनाउनुपर्ने माग राखेर भइरहेको आन्दोलनमा संघीय समाजवादी फोरमका नेताहरु पनि सहभागी हुन थालेका छन् ।

पार्टीले आधिकारिक निर्णय नगरेपनि फोरमका केहि नेता रिले अनसनमा सहभागी भएका हुन् । पाँचौ दिनको अनसनमा फोरम नेपालका नेता शशीकपुर मियाँको नेतृत्वमा नेताहरु रुदल ठाकुर, विरेन्द्र यादव, फिरोज मंसुर, सुधिरनाथ पाण्डे, रामआज्ञा कुशवाहा, प्रमोद यादव, विकास चौधरी लगायत सहभागी भएका छन् ।

समानुपातिकबाट प्रदेशसभा सदस्यमा चयन भएकी फोरम नेतृ भीमा यादवले पनि अनशनमा सहभागीता जनाएकी थिइन् ।

फोरम नेपालका नेता शशी कपुर मियाँले आफूहरु फोरम नेपालको नेता भएको रआफूहरुको सहभागीताले पार्टीको पनि सहभागिता जनाउने बताए ।

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै बनेको संघर्ष समितिका सदस्य लुकेश सिंहले मधेसी दलका नेताहरुको सहभागीताले आफूहरुमा उत्साह थपिएको बताए । ‘मधेसी दलका केहि साथीहरु आन्दोलनमा सहभागी हुनुभएको छ’ सिंहले भने ‘जितेका प्रतिनीधिहरुको पनि आँखा खुलेस् । राजधानीका लागि भइरहेको संघर्षको नेतृत्व जनमत पाएकाहरुले गरुन भन्ने ठान्छौं ।’

तर, फोरम पर्साका उपाध्यक्ष सुन्दर कुर्मीले भने राजधानीको वीरगञ्जमा जारी रिले अनसनमा पार्टीका केहि नेताहरु व्यक्तिगत रुपमा सहभागी भएको बताए । ‘राजधानी वीरगञ्जमा हुनुपर्छ भन्ने पार्टीको पनि धारणा हो’ कुर्मीले भने ‘तर, त्यसका लागि सप्तरीदेखि कपिलवस्तुसम्म एउटा प्रदेश हुनुपर्छ भन्ने पार्टीको मान्यता छ ।’

उनले पार्टीको निर्णय विपरित रिले अनसनमा सहभागी हुनेहरुको बारेमा पार्टी सोच्न बाध्य हुने समेत बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?