Comments Add Comment

एटिएम मेसिनलाई जाडो भएपछि कम्बल र हिटर

ठण्डी महिनामा जाडोका कारण मानिसहहरुले कम्बल ओड्नु, हिटर बालेर ताप्नु त स्वभाविकै हो । तर यहाा त मानिसलाई होइन बैंकको एटिएम मेसिनलाई जाडो भएको छ र मेसिनको जाडो भगाउन कम्बल ओढाएर हिटर बालिएको छ ।

भारतको हिमान्चलस्थित लाहौल स्पिती जिल्लामा तापक्रम निकै नै तल झरेपछि चिसोका कारण बैंकका एटिएम मेसिनहरुले पनि काम गर्न छाडे । अत्यधिक चिसोका कारण एटिएम मेसिनहरु जाम हुन थालेपछि एटिएमलाई कम्बल ओढाउने तथा एटिएम मेसिन रहेको कोठामा हिटर बालिदिने गरिएको हो । ता की एटिएम मेसिन नजमून् ।

बैंकर हरुका अनुसार सुरक्षाका कारण बैंकमा कोइला वा दाउरा बाल्न मिलेन । त्यसैले एटिएम मेसिनलाई तातो बनाइराख्नका लागि कम्बल र हिटरको सहारा लिनु परेको हो ।

प्राविधिकका अनुसार अत्यधिक चिसोमा एटिएम मेसिनको कन्भेयर बेल्ट जाम हुन्छ । यसरी जाम भएप्छि जबसम्म् त्यसलाई खोलेर बनाइादैन तबसम्म पैसा निकाल्न असम्भव हुन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment