+
+

उम्मेदवारी दर्ता गर्दै बादलले भने-विकासलाई तीव्रता दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १० गते १४:४७

१०माघ, काठमाडाैं । माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले बिकास निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गराएलगत्तै ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले वामगठबन्धनको साझा घोषणा पत्रमा उल्लेख भए अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

पूर्व रक्षामन्त्री समेत रहेका बादलले मुलुकको गरिमालाई अझै उचाइमा पुर्‍याउने दायित्व पनि आफूहरुमाथि रहेको स्पष्ट पारे ।

प्रतिनिधिसभामा आफ्नो क्षेत्रबाट उम्मेदवारी नपाएका बादल प्रदेश नम्बर ३ बाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार बनेका छन् ।

नेता बादललाई राष्ट्रिय सभा अध्यक्षका दाबेदारका रुपमा समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?