+
+

दार्चुलाका सबै स्थानीय तह खुला दिसामुक्त

सन्तोष कोट्टारी  सन्तोष कोट्टारी 
२०७४ माघ १५ गते १८:४५

१५ माघ, दार्चुला । महाकाली नगरपालिकालाई सोमाबार खुला दिसामुक्त क्षेत्र घोषणा गरेसँगै जिल्लाका सबै ९ वटा स्थानीय तह खुला दिसामुक्त भएका छन् ।

जिल्लाका अन्य ८ वटा स्थानीय तह यसअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका थिए ।

सन् २०१४ देखि दार्चुला जिल्लालाई नै खुला दिसामुक्त क्षेत्र घोषण गर्ने अभियानलाई अड्काएको महाकाली नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएसँगै अब जिल्लालाई पनि औपचारिक रुपमा घोषणा गरिने छ ।

जिल्ला सदरमुकाम खलंगा अर्थात महाकाली नगरपालिका वडा नम्बर ४ का केही स्थानीयहरु र व्यवसायीहरुले शौचालय तथा सेफ्टी ट्याङ्की निर्माण नगर्दा महाकाली नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा अडि्कनु साथै सिंगो जिल्लालाई खुला दिसामुक्त क्षेत्र

घोषणा गर्ने अभियान नै अलपत्र परेको थियो ।

अझै पनि केही ठाउँमा सेफ्टी ट्याङ्की र शौचालय बनेका छैनन् । यस्तै कारणले चार वर्षको लामो प्रयासपछि पनि जिल्ला खुला दिसामुक्त हुनसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?