+
+

चिकित्सा शिक्षा आयोगमा ८ सदस्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३ गते १३:४३

३ फाल्गुन, काठमाडाैं । सरकारले चिकित्सा शिक्षा आयोगमा सदस्यहरु नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रीपरिषद्को वैठकले आयोगका सदस्यमा आठजनालाई नियुक्त गरेको छ ।

नियुक्ती हुने सदस्यहरुमा त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थानका डीन डा. जनदीश अग्रवाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डीन प्रा. डा सिर्जना श्रेष्ठ, नेपालका चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ, नेपाल नसिङ्ग संघकी अध्यक्ष नर्स तारा पोखरेल, एशोसिएसन अफहेल्थ प्रोफेशनिष्ट अफ नेपालका अध्यक्ष डा. शेखरबाबु रिजाल रहेका छन् ।

त्यसैगरी, काठमाडौ विशेष अदालतका पूर्व अध्यक्ष तथा चिकित्सा शिक्षा जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीलाई समेत सदस्यामा नियुक्त भएका छन्, । त्यसैगरी नियुक्त हुने अर्का सदस्यमा स्वास्थय मन्त्रालयकी पूर्व सचिव विजया केसी रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

डा. गोविन्द केसीको माग र माथेमा कार्यदलको सुझाव अनुसार नै सरकारले ‘चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गत कार्तिक २४ गते उक्त अध्यादेश प्रमाणीकिकरण गरेकी थिइन् ।

अध्यादेशमा उल्लेख भए अनुसार आयोगको अध्यक्ष प्रधानमन्त्री हुने व्यवस्था छ । त्यसैगरी, शिक्षा मन्त्री तथा स्वास्थ्य मन्त्री सहअध्यक्ष रहने व्यवस्था छ । आयोगको कार्यकारी अधिकार भने उपाध्यक्षलाई दिने व्यवस्था रहेकेा छ ।

त्यसैगरी, राष्ट्रिय योजना आयोगका शिक्षा र स्वास्थ्य हेर्न सदस्य, चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन भएका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, शिक्षा र स्वास्थ्य सचिव, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, प्राविधिक शिक्षा तथा व्यावसायीक परिषद्का उपाध्यक्ष, नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, आयूर्वेद काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल फार्मेसी काउन्सिलका अध्यक्षहरु सदस्य रहने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?