+
+

अवैध रुपमा कामदारलार्इ वैदेशिक रोजगारीमा पठाउने कन्सलटेन्सीका संचालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १३:१०

२१ फागुन, काठमाडाैं ।  अवैधानिक रुपमा कामदारलाई वैदेशिक रोजगारीका लागि पठाउने एक कन्सलटेन्सीका संचालकलाई महानगरीय अपराध महाशाखा काठमाडौंले पक्राउ गरेको छ ।

अवैध रुपमा कामदारहरुलाई वैदेशिक रोजगारमा पठाएउने गरेको सूचनाका आधारमा क्याची एजुकेशन एण्ड ट्रेनिङ कन्सलटेन्सी प्रा.लि.का संचालक पुरुषोत्तम खड्कालाई महाशाखाले पक्राउ गरेको हेा ।

काठमाडौं गाँगलफेदी-५ घर भइ पुलतीसडकमा खड्काले क्याची कन्सलटेन्सी संचालन गरी अबैध रुपमा कामदारहरु वैदेशिक रोजगारमा पठाउने गरेको महाशाखाले जनाएको छ ।

उनको साथबाट २५ वटा नेपाली राहदानी, एउटा टोसिबा कम्पनीको कालो रंगको ल्यापटप, नोटरी पब्लिक लगायत विभिन्न १८ सरकारी कार्यालयहरुको छापसँगै विभिन्न व्यक्तिका नाममा रहेका राहदानी तथा भिसाको प्रतिलिपी समेत बरामद भएको छ ।

खड्काले विभिन्न प्रलोभनमा पारी अवैध तरिकाले ७ देखि १२ लाखसम्म रकम लिएर वैदेशिक रोजगारीको लागि अजरवैजान, पोल्याण्ड, साउथ अफ्रिका, स्टोनिया, माल्टा लगायतका देशहरुमा पठाएर अलपत्र पार्ने गरेको सूचनाका आधारमा महाशाखाको टोलीले खड्कालाई पक्राउ गरेको हो ।

शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट बिना इजाजत वैदैशिक रोजगार व्यवसाय संचालन गरेर एजेन्टहरु मार्फत कागजात समेत आफै तयारी पारी विदेश पठाउने गरेको पाइएकोले खड्कालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार यस सम्बन्धी कसुरको मात्रा हेरी तीन लाखदेखि पाँच लाखसम्म जरिवाना र तीन वर्ष कैल सजाय हुने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?