+
+

महानिर्देशकको जिम्मेवारी पाएको १० दिनमै डा. श्रेष्ठले पाए अनिवार्य अवकाश

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १७:२४

२१ फागुन, काठमाडौ । स्वास्थ्य सेवा विभागको महानिर्देशकको पदभार सम्हालेको १० दिनमै विभागका महानिर्देशक डा. विनोदमान श्रेष्ठले उमेर हदका कारण अनिवार्य अवकाश पाएका छन्. ।

विभागमा पदबहाली गरेको करिब १० दिनमै डा. श्रेष्ठल सोमबारबाट अनिवार्य अवकाश पाएका हुन् । डा. श्रेष्ठले अवकाश पाएसँगै स्वास्थ्य सेवा विभागको महानिर्देशकको पद रिक्त भएको छ ।

गत पुस ३० गतेको मन्त्रिस्तरीय निर्णयबाट पूर्व स्वास्थ्यमन्त्री बोहराले विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तलाई हटाएर उनको ठाउँमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. तारानाथ पौडेललाई विभागको महानिर्देशक बनाएका थिए ।

तर, त्यो निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याएपछि विभागका महानिर्देशक को बन्ने भन्ने ठूलो विवाद उत्पन्न भएको थियो । त्यही विवादलाई सुल्झाउन मन्त्री बोहराले गत फागुन २ गते मन्त्रीस्तरीय निर्णय गरी १२ औ तहका श्रेष्ठलाई विभागको महानिर्देशक जिम्मेवारी दिएका थिए ।

अनिवार्य अवकाश प्राप्त गर्न एक महिना पनि बाँकी नहुँदै महानिर्देशकको जिम्मेवारी पाएका डा. श्रेष्ठले रुष्टताकै कारण जिम्मेवारी पाएको करिब ९ दिन पश्चात्त अर्थात यही फागुन ११ गते मात्र विभागको महानिर्देशक रुपमा पदभार ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?