+
+

ट्रिपरले मोटरसाइकललार्इ ठक्कर दिदा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २१ गते १७:४१

२१ फागुन, जनकपुर । धनुषाको मिथिला नगरपालिका-१ मा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गिट्टी लोड गरेर नक्टाझिजस्थित ढल्केबर जनकपुर सडकखण्डमा ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेको ज१क २९३ नं. को ट्रिपरले ज६प ९०४५ नं. को मोसालाई ठक्कर दिदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बाटो काट्ने क्रममा बट्टेश्वरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज६प ९०४५ नं. को मोसा चालक नाम थर र वतन नखुलेको करिब ३० वर्षे चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिपर र मोटरसाइकल प्रहरीको नियन्त्रमा लिएको छ । फरार रहेका ट्रिपरका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?