+
+

जुत्ता पसलमा आगलागी ६० लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २६ गते ६:५२

२६ फागुन, राजविराज । सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा जुत्ता पसलमा आगलागी हुँदा करिब रु ६० लाख बराबरको क्षति भएको छ ।

स्थानीय नौसाद खातुनले बिक्रीका लागि राखिएको जुत्ता, चप्पल पसलमा आगलागी हुँदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राति पसल बन्द गरेर गएका खातुन बिहान आउँदा आगो लागेको अवस्थामा देखेपछि छरछिमेकलाई बोलाएर आगो निभाएको पीडितलाई उद्धित गर्दै प्रहरीले जनाएको छ ।

आगलागीका कारण भने हालसम्म खुलेको छैन । नौसादले विगत २५ वर्षदेखि राजविराजको हटियामा जुत्ता पसल सञ्चालन गर्दैभएको बताइएको छ ।

आगोलाई नियन्त्रण गर्न सुनसरीको इनरुवा र लहानबाट आएको बारुणयन्त्रणले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?