+
+

प्रदेश ५ का सांसदको ड्रेसकोडः पुरुषलाई कोट र टोपी, महिलालाई सारी

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २६ गते २१:१८

२६ फागुन, बुटवल । प्रदेश ५ सांसदहरुलाई ड्रेसकोड तोकिने भएको छ । प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा निर्माण समितिको बैठकले सांसदहरुको पोसाक निर्धारण गर्ने सहमति जुटाएको छ ।

पुरुष सांसदले कोट र टोपी तथा महिला सांसदले कोट र सारी अनिवार्य लगाउनुपर्ने प्रावधान राखिएको समिति सदस्य हरीप्रसाद अर्यालले जानकारी दिए ।

कोट र सारीको रंग भने निर्धारण गरिएको छैन । रंग निर्धारण गर्ने जिम्मेवारी भने सभामुख र कार्यव्यवस्था समितिलाई दिइएको छ ।

प्रदेशसभामा चार संसदीय समिति बनाउने हसमति भएको छ । सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन, विधायन तथा आन्तरिक मामिला र सामाजिक विकास समिति बनाउने निर्णय भएको हो ।

संसद बैठकको गणपुरक संख्या एक चौथाई राखिएको छ । २१ जना सांसद उपस्थित भए बैठक सञ्चालन हुनेछ ।

प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा आइतबार प्रदेशसभा बैठकमा टेबल गरिनेछ ।

फागुन ६ गते बसेको संसद बैठकले एमालेका सांसद रिजालको अध्यक्षतामा समिति गठन गरेको थियो । १५ दिनको म्याद पाएको समितिले थप ५ दिन लगाएर मस्यौदालाई शनिबार अन्तिम रुप दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?