+
+

एक वर्षे छोरीको हत्या गर्ने आमालाई डेढ वर्ष कैद सजाय

रासस रासस
२०७४ चैत १ गते १८:३१

१ चैत, सिरहा । नाबालिका छोरीको हत्या गरेको ठहर गर्दै सिरहा जिल्ला अदालतले बिहीबार सिरहाको धनगढीमाइ नगरपालिका-१२ की हीरा खड्कालाई एक वर्ष पाँच महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले एक वर्षीया नाबालिक छोरी दिलसा खनाललाई गत भदौ ३० गते घर छेउकै सार्वजनिक इनारमा फाली हत्या गरेको ठहर गर्दै खड्कालाई कैद सजायको फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलले जानकारी दिए ।

खड्काले छोरी दिलसालाई इनारमा फ्यालेर पछिबाट आफू पनि त्यही इनारमा हाम फाल्दा छोरीको ज्यान गएको थियो भने इलाका प्रहरी कार्यालय लहानले खडकालाई उद्धार गरी बचाएको थियो ।

घरायसी विवाद भएपछि छोरीलाई इनारमा फाल्दा छोरीको मृत्यु भएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?