+
+

वन कार्यालयले मोरङमा समात्यो अवैध काठ

दोषी छुटाउन माग गर्दै स्थानीय नेता वन कार्यालयमा

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ८ गते ९:१७
प्रतीकात्मक तस्वीर

८ चैत, मोरङ । मोरङमा वन फँडानी तीव्र भइरहेका बेला वन कार्यालयले अवैध काठ बरामद गरेको छ । सुन्दरहरैचा नगरपालिकाको त्रिवेणीस्थित किशोर कार्कीको घरबाट बिहीबार वन कर्मचारीले काठ बरामद गरेका हुन् ।

शौचालयमा लुकाइराखेको काठ सलकपुर वन कार्यालयका प्रमुख लालबहादुर माझीको पहलमा बरामद गरिएको वन कार्यालयले जनाएको छ ।

बिहीबार काठ बरामद गरेर ल्याउनासाथ पार्टीका स्थानीय नेताहरु भने दोषी छुटाउन माग गर्दै वन कार्यालय पुगेका छन् ।

पछिल्लो समय मोरङमा वन फँडानी तीव्र गतिमा भइरहेको छ । फँडानी बढे पनि प्रहरी प्रशासनले चासो नदिएकाे गुनासो स्थानीयले गरेको छन् । पूर्वसांसद् चन्द्रबहादुर गुरुङले वन फँडानीबारे प्रहरीकोमा उजुरी गर्दासमेत बेवास्ता गर्ने  गरेकाे गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?