+
+

नेपाली मूलका खेलाडीलाई अमेरिकामा १० स्वर्ण

विजय थापा विजय थापा
२०७४ चैत १२ गते ९:१२


अमेरिका । अमेरिकामा रहेका नेपाली मूलका खेलाडीहरुले १० स्वर्णसहित ५० पदक हात पारेका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च २४ तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै पदक हात पारेका हुन् ।

प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीको तर्फ बाट नेपाली मूलका ३५ खेलाडीले सहभागिता जनाएका थिए ।

आयोजकले दिएको जानकारी अनुसार, नेपाली मूलका खेलाडीहरुले १० स्वर्ण, ९ रजत तथा १९ वटा कास्य पदक प्राप्त गरेका छन् ।

मास्टर एच. के. लि. एकडेमी अफ तेक्वान्दोको आयोजनामा भएको प्रतियोगिता अमेरिकाको पूर्वी क्षेत्रमा हुने सबै भन्दा ठूलो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?