+
+

नयाँ पोशाकमा प्रदेश २ का मर्यादापालक (तस्वीर)

विक्रम रौनियार विक्रम रौनियार
२०७४ चैत १२ गते १३:५७

१२ चैत, जनकपुरधाम । प्रदेश २ को संसदमा मर्यादापालकहरु सोमबारबाट नयाँ पोशाकमा उपस्थित भएका छन् ।

दोस्रो संसद बैठकबाट मर्यादापालकको पोशाक सम्बन्धी निर्णय भएको थियो । तर, नयाँ पोसाक सिलाउनु पर्ने भएकोले केही समय ढिलो मात्रै मर्यादापालकहरु सोमबारको बैठकबाट नयाँ पोशाकमा उपस्थित भएका हुन् ।

सोमबारको बैठकमा महिला मर्यादापादकहरुले सेतो सारी, कफी कलरको वन्डी तथा कोट लगाएर उपस्थित भएका छन् भने पुरुषहरुले पनि सोही कलरको कोट, वण्डी लगाएका छन् । पुरुषहरुले भाद्गाउँले टोपी समेत लगाएर पहिलो पटक संसदमा उपस्थित भएका छन् ।

केन्द्रीय संसदमा मर्यादापालकहरुका लागि दौरासुरुवाल र महिलाहरुका लागि सारी चोलो लगाउने गर्छन तर, प्रदेश २ मा आफ्नै भेषभुसा अनुसार पोशाक लगाउन पाउने गरी निर्णय गरिएको थियो ।  कोट र वण्डीको कलर भने एउटै हुनुपर्ने संसदबाट निर्णय गरिएको थियो ।

प्रदेश २ को संसदमा ५५ जना हुनुपर्नेमा अहिले २५ जना मर्यादापालकहरू रहेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?