+
+

एडीलेडमा गुठी साउथ अस्ट्रेलियाको नेवाः भ्वय कार्यक्रम हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २७ गते १४:५८

साउथ अस्ट्रेलिया । बिस्केट जात्रा तथा नयाँ वर्ष ०७५ को पहिलो दिन, बैशाख १ गते साउथ अस्ट्रेलियामा नेवारी साँस्कृतिक भोज ‘नेवाः भ्वय’ कार्यक्रम हुने भएको छ ।

गुठी साउथ अस्ट्रेलियाको आयोजनामा हुने उक्त कार्यक्रम अप्रील १४ तारिकको दिन मेरियन आरयसल क्लबमा बेलुका ४ बजे देखि ८ बजेसम्म चल्ने आयोजक सस्थाले बताएको छ ।

करिब १ सय व्यक्तिहरुलाई लक्षित गरिएको उक्त कार्यक्रममा नेपाली मात्र नभएर यहाँको अन्य समुदायको समेत उपस्थिति रहने गुठी साउथ अस्ट्रेलियाका उपाध्यक्ष मनोज श्रेष्ठले बताए ।

उनले कार्यक्रमको बारेमा थप्दै भने, ‘नेवारी समुदायमा शाकाहारी र मासुका दुवै परिकारहरु धेरै छन् ती परिकारहरुको सम्बर्धन गर्दै यहाँको समुदायलाई समेत खानाको मध्यमबाट चिनाउन यस प्रकारको कार्यक्रमहरुले भूमिका खेल्छ सोहि प्रयासको थालनी गर्दै छौ ।’

कार्यक्रममा ४० डलर शुल्क राखिएको छ भने ५ देखि १२ वर्षसम्मका बालबालिकाहरुको लागि २० र ५ वर्षमुनिका बालबालिकाहरुको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रमबाट संकलित रकम, गुठीले सस्थाको संस्कृतिक गतिबिधिमा आवश्यक सामग्री, प्रशिक्षण र परोपकारी काममा प्रयोग गर्ने बताएको छ ।
कार्यक्रममा ग्रेस इन्टरनेशनलको मुख्य प्रयोजन रहेको छ भने नेपाल टुरिजम बोर्ड र गैर आवासीय नेपाली संघ साउथ अस्ट्रेलियाको सहकार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?