+
+

देशभर शुद्ध खानेपानीको व्यवस्था गरिन्छ : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १९ गते ११:३८
केपी शर्मा ओली । फाइल तस्वीर

१९ वैशाख, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर शुद्ध खानेपानीको अभाव हुन नदिने बताएका छन् ।

दमकमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले दमकमात्रै नभएर देशैभरका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री ओलीले दमक-रवि बहुवर्षीय सडक योजनालाई द्रुतरुपमा अगाडि बढाउने बताउँदै दुई लेनको सडकले मेची राजमार्गसम्म जोड्ने बताए । उनले १ नम्बर प्रदेशको राजधानी जहाँ भए पनि ब्यापारिक हबकोरुपमा दमकको विकास गर्ने बताए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै दमक नगरपालिका परिसरमा धिमाल जातिको प्रतिमा अनावरण गरेका छन् । दमक नगरपालिकाले २०७४ असोज ३० गते नगर सभाबाटै प्रतिमा राख्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?