+
+

गोरखामा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २७ गते ८:४०

२७ वैशाख, गोरखा । जिल्लाको गोरखा नगरपालिका–१०, छेवेटारमा बुधवार राति ट्रकको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ ।

छेवेटारबाट बाह्र किलो जाँदै गरेको ना ५ ख १४७२ नम्वरको ट्रकको ठक्करबाट स्थानीय २८ वर्षीय चन्द्रमान श्रेष्ठको ज्यान गएको हो

पैदल हिँडिरहेका श्रेष्ठलाई ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गोरखाका इञ्चार्ज दयाराम पौडेलले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, गोरखा ल्याउने तयारी भइरहेको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?