+
+

एक वर्षमा ट्राफिक नियम उल्लंघनसम्बन्धी ३५ हजार उजुरी

रासस रासस
२०७५ जेठ ५ गते १२:३१

५ जेठ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालू आवमा ट्राफिक नियम उल्लंघनसम्बन्धी करीब ३५ हजार उजुरी परेको छ ।

काठमाडौँ उपत्यकाको सवारी साधनबारे गुनासो सुन्ने र कारवाही गर्ने महाशाखाको हटलाइन १०३ मा ३४ हजार ७५२ उजुरी परेकामा मोटरसाइकल हराएको एक हजार ११८, ठूला सवारी हराएको २०, एउटा सवारी साधनले अर्को सवारीसाधनलाई हानेर भागेको ५२२, ट््याक्सीमा सामान छुटेको ३०४, फुटपाथ पार्किङ गरेको २६ हजार १०८ र बढी भाडा लिएको छ हजार ६८० उजुरी परेको महाशाखाले जनाएको छ ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले उजुरी परेकालाई तत्काल नजिकको प्रहरी एकाइमा खबर गरी कारवाही गर्ने गरिएको जानकारी दिए । “उजुरी परेका गाडी तत्काल नभेटिए रेकर्डअनुसार पछि भए पनि खोजेर कारवाही गर्ने गरिएको छ”, उनले भने ।

यस्तै मिटरमा जान नमान्ने ट््याक्सीमाथि महाशाखाले विशेष अभियान सञ्चालन गरेको छ । सहप्रवक्ता मरासिनीले मिटरमा हिँड्न नमान्ने सवारीसाधन कारवाहीका लागि महाशाखाबाट विशेष टोली खटाइएको बताए। “पहिले दैनिक २५–३० ट््याक्सीलाई कारवाही गरिएकामा अहिले दैनिक ६०–७० ट््याक्सी कारवाहीमा पर्ने गरेका छन्”, उनले भने।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?