Comments Add Comment

नेकपाका केन्द्रीय सदस्यलाई नागरिकतासहित बालुवाटार बोलाइयो

फाइल तस्वीर

९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार संयुक्त सम्बोधन गर्ने भएका छन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्धयले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन सूचित गरिएको छ । यद्यपी यो केन्द्रीय कमिटीको बैठक भने होइन । केन्द्रीय कमिटीको बैठक भने पार्टी बिधान र नियमावली प्रकाशन भएपछि एजेण्डासहित बोलाइने नेताहरुले बाएका छन् ।

नेकपाका केन्द्रीय कमिटीका ४४१ सदस्यको नाम मंगलवार सार्वजनिक गरिएको थियो । निर्वाचन आयोगमा नागरिकताको सक्कल प्रति पेश गर्नु पर्ने भएकाले नागरिकता मागिएको हो । यद्यपी केन्द्रीय कमिटीको औपचारिक बैठक भने बोलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment