Comments Add Comment

प्रतिबन्धमा परेका स्मिथले क्यानडामा क्रिकेट लिग खेल्ने

११ जेठ, काठमाडौं । बल टेम्पिरिङमा परेर एक वर्षको प्रतिबन्ध भोगिरहेका अस्टे्रलियन क्रिकेटर स्टेभेन स्मिथले क्यानडामा घरेलु क्रिकेट लिग खेल्ने भएका छन् ।

स्मिथ ग्लोबल टि ट्वान्टी क्यानडा लिगमा मार्की खेलाडीका रुपमा आबद्ध भइसकेका छन् । जसमा क्रिस गेल, डेभिड मिल्नर, सुनिल नारान, आन्द्रे रसेल, क्रिस लिन, ड्यारेन सामी, लसिथ मालिङ्गा र शाहिद अफ्रिदी पनि खेल्ने छन् ।

डेभिड वार्नर पनि लिगमा सामेल हुने तय भएपनि उनको टिमबारे पछि मात्र निर्णय हुने छ । लिगका लागि १५ सय खेलाडीले आˆनो नाम टिपाएका छन् । तीबाटै टिमहरुले खेलाडी छनोट गर्ने छन् ।

यसअघि वार्नरले सिड्नीको रान्डविक पिटरसाम क्बलबाट खेल्ने खबर पनि आएको थियो ।

गएको मार्चमा दक्षिण अफ्रिकासँगको टेस्ट क्रिकेटका दौरान बल टेम्पिरिङ गरेको अभियोगमा क्रिकेट अस्टे्रलियाले वार्नर र स्मिथलाई एक वर्षको र क्यामरुन बेनक्राˆटलाई ९ महिनाको प्रतिबन्ध लगाएको थियो ।

पछि अस्ट्रेलियन खेलाडी संघ र अन्य विभिन्न निकायको आग्रहपछि उनीहरुलाई क्लब क्रिकेटमा खेल्ने अनुमति मिलेको हो । यसैले अन्तर्राष्ट्रिय र स्टेट क्रिकेटमा प्रतिबन्ध लागे पनि उनीहरुले एक वर्ष क्लब क्रिकेट खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment