+
+

गुण्डा र तस्करहरुको दिनगन्ती सुरुः गृहमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १४ गते १४:००

१४ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले गुण्डा, तस्कर र अपराधिक गतिविधिमा संलग्नहरुको दिनगन्ती सुरु भएको बताएका छन् ।

चन्द्रागिरि नगरपालिका-२ लाई फ्री वाइफाइ वडा घोषणा गर्दै गृहमन्त्री बादलले देशमा अराजकता, दण्डहीनता, भ्रष्टाचार, लागूऔषध तस्करी, गुण्डागर्दी समाजका लागि विष भएको भन्दै यस्ता व्यक्तिहरुको दिनगन्ती सुरु भएको बताएका हुन् ।

सिण्डिकेट र आर्थिक अनियमितताको अन्त्य गरी सुशासन कायम नगरेसम्म विकास नहुने भन्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अनियमितता गर्नेलाई नछोड्ने चेतावनी समेत दिए । ‘ अािर्थक क्रान्ति, सांस्कृतिक क्रान्ति गर्ने बेला आएको छ । दलाली तन्त्र र सिण्डकेटलाई अन्त्य नगरेसम्म विकास सम्भव छैन,’ गृहमन्त्री बादलले भने,’ सरकार विकास गर्न प्रतिबद्धता गर्न तयार छ ।’

अर्काे फरक प्रशंगमा मन्त्री थापाले काममा आलटाल गर्ने ठेकेदारलाई सरकारले कारवाही अघि बनाइसकेको भन्दै सरकार त्यतिकै नबस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?