+
+

बजेटमा मन्त्रालयगत छलफल सुरु हुँदै, चार मन्त्रालयको बजेट आजको कार्यसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते ८:३८


२७ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को बजेटमा आइतबारबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु हुँदैछ । त्यसका लागि बिहान ११ बजेदेखि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

आइतबार पहिलो दिन सन्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमि व्यवस्था तथा सहकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेटमा छलफल हुने संसद सचिवालयले तयार पारेको कार्यसूचीमा छ ।

शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मन्त्रालयगत शीर्षकमा छलफल हुने छ । यो छलफल असार १ गते सक्ने लक्ष्य छ । त्यसपछि विभागीय मन्त्रीहरुले जवाफ दिने क्रम सुरु हुने छ । जवाफ दिइसकेपछि असार मसान्तभित्र बजेट पास गर्ने तयारी छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यही जेठ १५ गते १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको बजेट संघीय संसदमा पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?