२७ जेठ, काठमाडौं । सरकारले इजाजत लिनुपर्ने वस्तु तथा सेवाको दस्तुर बढाएको छ । राजपत्रमा सूचना जारी गर्दै सरकारले इजाजत लिनुपर्ने त्यस्ता बस्तु तथा सेवाको इजाजत दस्तुर वृद्धि गरेको हो ।
आन्तरिक राजश्व विभागका अन्तःशूल्क शाखा प्रमुख रामकुमार खतिवडाका अनुसार यस्तो दस्तुर औसत २० प्रतिशतले वृद्धि भएको छ । अन्तःशूल्क नियमावली-२०५९ मा १८ औं संशोधन गर्दै सरकारले नयाँ व्यवस्था थपेको हो ।
सरकारले मदिरा तथा इथानोल, चुरोट तथा सूर्तीजन्य वस्तुको उत्पादन, आयात, खरिद, बिक्री वितरणलगायतमा इजाजत र नवीकरणमा यस्तो दस्तुर बढाएको हो । यसको सूचना राजपत्रमा प्रकाशित भइसकेको छ ।
हेर्नुस् कति बढ्यो दस्तुर
विवरण | अहिले | पहिले |
---|---|---|
१ – मदिरा र इथानोल उत्पादनतर्फ (प्रतिष्ठानका लागि) |
||
स्पि्रट उत्पादन गर्ने | १,९५,००० | १,६०,००० |
वियर उत्पादन गर्ने | १,९५,००० | १,६०,००० |
ईथानोल उत्पादन गन | १,९५,००० | १,६०,००० |
वाईन/व्राण्डी -फलफूलमा आधारितमात्र) | ९६,००० | ८०,००० |
अन्य मदिरा उत्पादनका लागि | १,९५,००० | १,६०,००० |
चुरोट उत्पादन गर्ने प्रतिष्ठानको लागि | २,४०,००० | २,००,००० |
२ – मदिरा बिक्री वितरण तर्फ (होटल, रेष्टुराँ तथा लजहरूका लागि) |
||
पाँचतारे होटल | ६०,००० | ५०,००० |
चारतारे होटल | ४८,००० | ४०,००० |
तीनतारे होटल | ३६,००० | ३०,००० |
दुईतारे होटल | २४,००० | २०,००० |
एकतारे होटल | १२,००० | १०,००० |
स्वदेशी मदिरा बोतल खोली बिक्री वितरण गर्ने पर्यटक स्तरका रेष्टुराँ तथा रिर्सोट | ८५,०० | ७,००० |
स्वदेशी मदिरा बोतल खोली बिक्री वितरण गर्ने साधारण होटल, रेष्टुराँ र बार तथा लज | ४,५०० | ३,००० |
मदिरा बिक्रेताका लागि |
||
मदिरा वितरक | ३६,००० | ३०,००० |
थोक वितरक | २४,००० | २०,००० |
स्वदेशी तथा विदेशी मदिरा बिक्री गर्ने खुद्रा बिक्रेता | १२,००० | १०,००० |
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा स्वदेशी मदिरामात्र बिक्री गर्ने खुद्रा बिक्रेता | ८,५०० | ७,००० |
महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाबाहेकका अन्य क्षेत्रमा स्वदेशी मदिरामात्र बिक्री गर्ने खुद्रा बिक्रेता | ४,५०० | ३,००० |
डिर्पाटमेन्ट स्टोर्स | २४,००० | २०,००० |
मदिरा निकासी तथा पैठारीकर्ताका लागि |
||
विदेशी मदिरा र स्पि्रट पैठारीकर्ता | ४८,००० | ४०,००० |
मदिरा निकासीकर्ता | ६,००० | ५,००० |
३ – पैठारी तथा अन्य वस्तु खरिद बिक्री र उत्पादनतर्फ |
||
विदेशी चुरोट र सिगार | ४८,००० | ४०,००० |
सुर्ती तथा सुर्तीजन्य वस्तु -विदेशी) | ४८,००० | ४०,००० |
पानमसला, चुरोट, खैती जर्दा, दश, सुर्ती, तथा सुर्तीजन्य वस्तु थोक बिक्री | ७,२०० | ६,००० |
पानमसला, खैनी, जर्दा, दश, सुर्ती तथा सुर्तीजन्य वस्तु -चुरोटबाहेक) उत्पादन गर्नेका लागि | १,२०,००० | १,००,००० |
चुरोट, खैनी, जर्दा, नश, पानपराग तथा पानमसला खुद्रा खरिद बिक्री गर्नेका लागि | २,००० | १,५०० |
विदेशी खुदो र गुँड पैठारी गर्नेका लागि | १८,००० | १५,००० |
खुदो, गुँड र स्पि्रट खरिद बिक्री -निकासीसमेत) गर्नेका लागि | ६,००० | ५,००० |
नेपालबाहिर चुरोट र अन्य सुर्तीजन्य वस्तुहरू निकासीकर्ता | ६,००० | ५,००० |
माथि उल्लेख नभएका तर स्वदेशमा उत्पादन गर्दा अन्तःशूल्क लाग्ने वस्तुहरू पैठारी गर्नेका लागि | १२,००० | १०,००० |
पावर क्रसर प्रयोग गरी उत्पादन हुने सख्खर (गुण), कालो सख्खर, रसकट उत्पादन गर्ने उद्योगका लागि |
||
भर्टिकल रोलर प्रयोग गर्ने उद्योगका लागि -१० हर्स पारवसम्मको | २४,००० | २०,००० |
भर्टिकल रोलर प्रयोग गर्ने उद्योगका लागि -१० हर्स पारवभन्दा बढीको) | ४८,००० | ४०,००० |
४ – | माथि प्रकरण १,२ र ३ मा उल्लेख भएकाबाहेकको हकमा प्रतिष्ठानको स्थिर पूँजीका आधारमा प्रत्येक एक लाख रुपैयाँ स्थिर पूँजी भएको प्रतिष्ठानलाई ६० रुपैयाँका दरले उत्पादन इजाजतपत्र दस्तुर उत्पादन इजाजतपत्र दस्तुर लाग्ने । यस्तो इजाजतपत्रमा दस्तुर न्यूनतम ८ हजार रुपैयाँभन्दा कम र अधिकतम् ४८ हजार रुपैयाँभन्दा बढी नुहने | माथि प्रकरण १,२ र ३ मा उल्लेख भएकाबाहेकको हकमा प्रतिष्ठानको स्थिर पूँजीका आधारमा प्रत्येक एक लाख रुपैयाँ स्थिर पूँजी भएको प्रतिष्ठानलाई ५० रुपैयाँका दरले उत्पादन इजाजतपत्र दस्तुर उत्पादन इजाजतपत्र दस्तुर लाग्ने । यस्तो इजाजतपत्रमा दस्तुर न्यूनतम ७ हजार रुपैयाँभन्दा कम र अधिकतम् ४० हजार रुपैयाँभन्दा बढी नुहन |
दस्तुरसम्बन्धी यो व्यवस्था दूर्गम क्षेत्रका फलफूलमा आधारित वाइन तथा मदिरा उद्योगका हकमा ७५ प्रतिशत कम लाग्नेछ ।
यस्तो नयाँ व्यवस्थासँगै सरकारले इजाजतपत्रवालाले पालना गर्नुपर्ने सर्तहरू पनि ल्याएको छ । जसमा प्रत्येक आर्थिक वर्षको साउन महिनाभित्र नवीकरण गराइसक्नुपर्ने र इजाजतपत्र सबैले देख्नेगरी कारोबारस्थलमा राख्नुपर्ने व्यवस्था गरेको छ ।
यसपटक सरकारले मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तुको कारोबार गर्ने व्यवसायीले पालना गर्नुपर्ने सर्त पनि ल्याएको छ । जसअनुसार होटल र रेष्टुराँबाहेकका मदिराको कारोबार गर्ने इजाजतपत्रवालाले त्यसवस्तुकोमात्र कारोबार गर्नुपर्ने, दैनिक उपभोग्य वस्तुको कारोबार गर्ने व्यवसायीले इजाजतपत्र लिई उपभोग्य वस्तुभन्दा अलग्गै बिक्री स्थानबाट सूर्तीजन्य वस्तुको कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
डिर्पाटमेन्ट स्टोरले मदिरा, चुरोट र सुर्तीजन्य वस्तु विक्रीको प्रयोजनका लागि अलग्गै बिक्री कक्ष व्यवस्था गर्नुपर्ने उल्लेख छ । १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई मदिरा, चुरोट र सुर्तीजन्य वस्तु खरिद बिक्री गर्ने कार्यमा लगाउन नपाउने, गर्भवती महिलालाई मदिरा खरिद बिक्री गर्न/गराउन नपाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, बिहान १० बजेदेखि राति १० बजेसम्ममात्र मदिराको बिक्री वितरण गर्नुपर्ने, प्रत्येक बोतलको बिर्को र बोतलमा पर्ने गरी अन्तःशूल्क टिकट टाँसी निष्कासन गर्नुपर्ने, वण्डेड वेरहाउसले कुटनीतिक सुविधाप्राप्त व्यक्ति, संस्था वा नियोगलाई मात्र बिक्री गर्नुपर्ने लगायतका व्यवस्था गरिएको छ ।
इजाजतको यस्तो शूल्क वृद्धिले वाषिर्क २० करोडसम्म राजश्व बढ्ने विश्वास विभागले लिएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने वस्तुको इजाजत र कर सरकारले वर्षेनी वृद्धि गर्छ ।
प्रतिक्रिया 4