+
+

लुकाकुको दुई गोलसँगै बेल्जियम विजयी

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ४ गते २२:५७

काठमाडौं । रोमेलु लुकाकुको दुई गोलको मदतमा बेल्जियमले विश्वकपको डेब्यू टिम पानामामाथि सहज जित हात पारेको छ ।

समूह जीमा रहेको बेल्जियमले पानामामाथि ३–० गोल अन्तरको जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको बेल्जियमले दोस्रो हाफको सुरुमा नै अग्रता लियो । उसका लागि ड्रिस मार्टिन्सले गोल गरे ।

खेलमा पानामाले बराबरी गोल गर्ने अवसर पनि पाएको थियो तर, थिबोउट कार्टियसले असफल पारे ।

लुकाकुले जित सुनिश्चित गरे । ६९ औं मिनेटमा केभिड डि ब्रुयेनको पासमा हेड गोल गरेका उनले ७५ औं मिनेटमा दोस्रो गर्दै बेल्जियमलाई सुखद सुरुवात दिलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?