+
+

क्षेत्रीय तालीम केन्द्र शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १० गते ११:१८

१० असा, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–३० खुदीमा रु चार करोडको लागतमा क्षेत्रीयस्तरको तालीम केन्द्र भवन निर्माण गरिने भएको छ । नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशतको लगानीमा दुई वटा सभाहलसहितको तीन तल्ले तालीम भवनको संघीय सभासद् खगराज अधिकारीले शनिबार शिलान्यास गरे ।

उनले उपभोक्तालाई शुद्ध खानेपानीको सुविधा पु¥याउन निर्माणाधीन तालीम केन्द्र सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

प्रदेशसभा सदस्य दीपक कोइरालाले शहरको सभ्यता खानेपानीसँग जोडिएको बताउँदै पानी शुद्धीकरणका बारेमा उपभोक्तालाई सचेत गराउनुपर्ने बताए ।

उपभोक्ता समितिका अध्यक्ष विष्णु बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा मुरारी शर्मा र हरिप्रसाद लामिछानेले तालीम भवनका बारेमा प्रकाश पारेका थिए ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?