+
+

रसुवामा स्याउ बोकेको कन्टेनर खोलाले बगायो

पासाङल्हामु राजमार्गकाे पहिरो हटाउन सुरक्षाकर्मी परिचालन

रासस रासस
२०७५ असार १४ गते ९:५९


१४ असार, रसुवा । केरुङबाट स्याउ बोकी आएको एक कन्टेनर ट्रक राम्चेको ठाडो खोलाले बगाएको छ ।  बाढीले बगाए पनि बलेरो जीपमा भने सामान्य क्षति पुगेको छ ।

गएरातिको अविरल वर्षाले पासाङल्हामु राजमार्गसमेत अवरुद्ध बनेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार गएराति परेको भीषण वर्षाले कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका ठाउँठाउँमा भलपानीसँगै माथिबाट आएको पहिरोले सडक पुरेको  छ  ।

बुधबार साँझ परेको वर्षाले केरुङबाट स्याउ बोकी आएको एक कन्टेनर ट्रक राम्चेको ठाडो खोलाले बगाएको र एउटा बोलेरो जिपलाई सडक सतहमै सामान्य क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

केरुङबाट सामान लिई आएका ३० भन्दा बढी कन्टेनर सडकका ठाउँठाउँमा रोकिएकाले छिटोभन्दा छिटो पासाङल्हामु राजमार्ग खुलाउने प्रयासका लागि सडक कार्यालयको डोजरका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पौडेलले बताए ।

दैनिकरुपमा नियमित चल्ने बस सेवासमेत प्रभावित हुँदा यात्रु आफ्नो गन्तव्यतर्फ जान सकेका छैनन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?