+
+

गुल्मीमा कालिगण्डकीमा युवतीको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १४ गते १९:४०

१४ असार गुल्मी । गुल्मीमा कालिगण्डकी खोला किनारमा एक जना युवतीको बेवारिसे शव फेला परेको छ ।

जिल्लाको कालिगण्डकी गाउँपालिका ४ पूर्तिघाटस्थित कालिगण्डकी नदी किनारमा टाउको नभएको अवस्थामा युवतीको शव फेला परेको जोहाङ प्रहरी चौकी गुल्मीका प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले जानकारी दिए ।

बिहीबार अपरान्हतिर स्थानीयले माछा मार्ने क्रममा खोलाको किनारमा घाँटीभन्दा माथिको भाग नभएको शरीर नग्न अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘शबको केही भाग कालो, डढेजस्तो र नग्न अवस्थामा रहेको छ’ प्रहरी नायव निरीक्षक कुँवरले भने ‘फेला परेको शव जवान युवतीको हुनसक्ने अनुमान गरेका छौं ।’

गुल्मीसँगै पर्वत र बाग्लुङको सीमानामा पर्ने भएकाले शव खोलाले बगाएर ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । शवको पहिचान नखुलेको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि सरदमुकामस्थित जिल्ला अस्पताल ल्याइदै छ । शव पहिचाहनको लागि सिमानाका जिल्लाहरुमा पनि खबर गरेको प्रहरी उपरीक्षक द्विवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?