+
+

गुल्मीको भिरकुनामा भेटिएका सकेट बम सेनाले निष्कृय पार्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १६:२५

२४ असार, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा फेला परेको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।

जिल्लाको मालिका गाउँपालिका-४ अर्खाबाङ्ग भिरकुनामा फेला परेका ३ वटा सकेट बम बिरभद्रजंग गुल्मको डिस्पोजल टोलीलले आइतवार बिहान डिस्पोज गरेको गुल्मपती सेनानी जनमत कार्कीले जानकारी दिए ।

बम स्थानिय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने क्रममा फेला पारेका थिए । सकेट बम पुरानो तत्कालिन माओवादीले लगाउने कम्ब्याडमा बेरेर राखेको अबस्थाम फेला परेको थियो ।

बम द्वन्दकामा तत्कालीन माओवादीले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीयले बम जस्तो फेला पारेसँगै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटना स्थल वरिपरी हेर्नेक्रममा सोहि ठाउँको १० मिटर नजिकै ओडारमा बड गृप टुट्टएिको अबस्थामा पुरानो खालको हर्नेट नामक बन्दुक समेत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?