+
+

कानुनमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस संसदीय दलको माग

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १८:२६

७ असार, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङलाई बर्खास्त गर्न माग गरेको छ ।

बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली छात्राबारे गरेको टिप्पणीको विषयलाई लिएर उनीहरुले कानुनमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् । चिकित्सा शिक्षा पढेर फर्केका महिलाको अस्मितामा आँच आउने गरी टिप्पणी गरेको विषयलाई लिएर उनीहरुले बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् ।

गत शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कानुनमन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षाको सर्टिफिकेट पाउनका लागि नेपाली छात्राले शरीर सुम्पिनुपर्ने अवस्था रहेको टिप्पणी गरेका थिए । कांग्रेस संसदीय दलले कानुनमन्त्रीको भनाइले बंगलादेशसँगको सम्बन्धमा पनि प्रतिकुल प्रभाव पर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?